• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

६ वर्षमा पनि बनेन पुल


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • ठेकेदारको लापरबाही, स्थानीय सरकारको आग्रह समेत वेवास्ता


    झइन्द्र भण्डारी
    स्वर्गद्वारी,

    Advertisement

    माण्डबी नदीमा पक्की पुल बन्ने भएपछि उत्साहित भएका स्थानीय ६ वर्ष पछिसम्म पुल नवनेपछि चिन्तित छन् । आर्थिक वर्ष २०७३ र ०७४ सालमा स्वर्गद्वारी नगरपालिका ३ जलुके र वडा नम्बर ७ नल्सी जोड्ने पक्की पुल प्रक्रियागत रूपमा निर्माण कार्य थालनी भएको थियो । आर्थिक वर्ष २०७९र०८०को मध्यतिर आउदा पनि पूर्णता पाउन सकेको छैन् ।
    ३ वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा लिएको अमृत सञ्जिवनी लोहनी एण्ड ब्रदर्श नामक निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीले पुल अलपत्र स्थानीयले गुनासो गरेका छन् । वर्षातको समयावधिमा निर्माण कार्यमा समस्या आउने हुनाले त्यो समयमा काम रोक्ने र हिउँद लागेपछि पनि काम सञ्चालनमा नआउदा यसरी पुल अलपत्र परेको स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले बताए । हिउँद सक्किन लाग्दासम्म निर्माण कार्य सुचारु नगर्ने र हिउँदको अन्त्यतिर काम गर्न थाल्ने प्रवृत्तिले यस्तो समस्या बल्झिएको भण्डारीको जिकिर छ । नगरप्रमुख भण्डारीले आफूले यो बारेमा विभिन्न माध्यमबाट पटकपटक निर्माण कम्पनी , ठेकेदार समक्ष कुरा गरी ध्यानाकर्षण गराउदा पनि मौन रहेको जानकारी दिए ।

    प्रत्येक वर्ष हिउँदको पनि अन्त्यतिर मात्र कामको प्रक्रिया अगाडि बढाउने र वर्षा ऋतुसङ्गै काम बन्द गर्ने परीपाटी नै समस्याको जरो बनेको स्थानीय टिकाराम भण्डारीले गुनासो गरे ।
    ६ वर्षको अवधीमा पुलको आधा भाग भने निर्माण भइसकेको छ तर पुलको अर्को आधाभागको काम सम्पन्न गर्न आर्थिक वर्ष २०७८र०७९ को अन्त्यतिर पनि निर्माण कम्पनीले थालनी गरेको थियो । सम्पूर्ण व्यवस्थापन गरी अन्तिम कार्य गर्न थाल्दा वर्षात सुरू भयो र फेरि माडीखोलामा बाढी आएर क्षती हुन सक्ने कारण र सडक डिभिजनको पत्र आएको भन्दै तयार पारीएको सामाग्री पनि खोलेर निर्माण कम्पनीले काम बन्द गर्यो । त्यस पश्चात वर्षातको समयसङ्गै नदीमा बाढी आयो र पुल ढलानको लागि तयार पारीएको सामाग्रीमा क्षती पुग्यो । बाढीले क्षति पुराएको दुई महिना बितिसक्दा पनि ठेकेदार बेखबर झै छन भने निर्माणाधीन पुल अलपत्र नै छ । विभिन्न बाहानामा निर्माण कार्य सम्पन्न गर्ने समयावधि थप गर्ने ठेकेदारको चरम लापरबाहीमा सम्बन्धित निकायले समयावधि थप गरेर लाचारीपन देखाउन सम्म पछि हटेन । तात्कालिक सरकारदेखि अहिलेको सरकारको लय एउटै भएकाले पनि समस्या झन बल्झिएको छ ।
    निर्माण कार्य थालनी गरी काम सम्पन्न गर्न तर्फ लाग्नु त एकादेशको कथा भयो ढलेका सामाग्रीपनि नउठाएर रमिता देखाई ठेकेदार लापत्ता भएको टिकारामले बताएका छन । पुल बन्ने कुराले पलाएको नागरिकको खुसी ठेकेदारको लापरबाही र अनुगमन नगर्ने म्याद थपिदिने सम्बन्धित निकायको लाचारीपनले अझै पुलको निर्माण सम्पन्न हुन कति समय लाग्ने हो भनी दुख व्यक्त गर्दै ढलेको पुलले आफ्ना खुसी च्यापीएको महसुस स्थानीयले गरेका छन ।

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.