सुबाश भण्डारी
प्युठान, अपांगता भएका व्यक्तिलाई उद्यमशिलतामा जोड्न अपांगता भएका व्यक्तिहरुले जोड दिएका छन् । शनिवार सम्पन्न ३१ औं अन्तर्राष्टिय अपांगता दिवसको अवसरमा सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
माण्डवी गाउँपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिका स्तरीय अपांग सञ्जालका अध्यक्ष धन बहादुर घर्ति बसन्तको अध्यक्षता, माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीको प्रमुख आतिथ्यता, उपाध्यक्ष पूर्ण कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेको आतिथ्यतामा भएको कार्यक्रममा अन्तरक्रियामा सहभागीहरुले समाजले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने नजरमा सकारात्मकता ल्याउन उद्यमशिल, आर्थिक रुपमा सशक्तिकरणको कार्यक्रम ल्याउन गाउँपालिकालाई सुझाव दिएका छन् ।
कार्यक्रममा सहभाति माण्डवी गाउँपालिका–५ का तारा बहादुर नेपालीले अपांगता भएका व्यक्तिहरुलाई पालिकाले उद्यममा जोड्ने योजना ल्याउनु पर्ने बताए । उनले अपांगता भएका व्यक्तिलाई समाजले फरक नजरले हेर्ने प्रवृत्तिको सिकार आफु समेत हुन परेको बताउँदै आर्थिक रुपमा सशक्तिकरण गर्न नसके अपांगता भएका व्यक्तिहरु सदैव हेपिनु पर्ने दावी गरे ।
माण्डवी गाउँपालिकामा ३ वढी अपांगता भएका व्यक्ति रहेका छन् । अपांगता भएका व्यक्तिलाई गुनासो रहित सेवा दिन सक्षम रहेको प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोशनले समतामुलक समाज निर्माणमा आफु लागि परेको दावी गरे । वजेट र विकास निर्माणमा अपंगता भएका व्यक्तिलाई सम्मान सदैव हुने गरी निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
माण्डवी गाउँपालिकाले दिवसको अवसरमा आफ्नो पालिकाका १५ जना अपांगता भएका व्यक्तिलाई न्यानो कपडा समेत वितरण गरेको छ ।
जिल्ला अपांग सेवा संघ प्युठानका सचिव राजेन्द्र रावत क्षेत्रीका अनुसार जिल्लामा करिव ४ हजार जना अपांगता भएका व्यक्ति छन् । अपांगता भएका व्यक्तिलाई संविधान र राज्यले दिएका कानुनी अधिकारहरुको कार्यान्वयनका लागि सेवा संघ लागि रहेको उनको भनाइ छ ।
‘अपांगता भएका व्यक्तिलाई उद्यमशिलतामा जोड’
‘अपांगता भएका व्यक्तिलाई उद्यमशिलतामा जोड’

Advertisement
तपाईको प्रतिक्रिया