प्युठान, जन्ती बनेर गएका ४८ मध्ये ४५ जना विरामी परेका छन् । प्युठानको प्युठान नगरपालिका ६ माझकोट गुरुङगाँउका जन्ती गएका३६ जना र अन्य ठाउँका ९ जना जना विरामी परेको प्युठान नगरपालिकाका ६ का वडा अध्यक्ष नरेन्द्र पुनमगरले जानकारी दिए ।
शनिवार बेलुका पुलाउ खाएका उनीहरु आइतवार बुटवल आउँदै गर्दा केही विरामी पर्ज शुरु गरेको जन्त गएका विरामी रुपेश गुरुङले जानकारी दिए । उनले भने, बुटवल नआउँदै केहीलाई बान्ता हुने, टाउको दुख्न शुरु भएको थियो, बाग्दुला आउँदा सम्म केही जना औषधि खाने नै हुनु भयो ।
गुरुङगाँउ सहित जन्त गएका तिन जना बाहेक माडीखोला, भालुवाङ सहितका अन्य विरामी परेको रुपेशले बताए ।
उनीहरु पाल्पाको बुरखुट्टामा जन्त गएका थिए । जन्तबाट फर्केका सबैलाई ज्वरो आउने, वान्ता हुने,टाउको दुख्ने, पखाला लाग्ने लक्षण देखिएको छ । विरामी सबैलाई जिल्ला अस्पताल प्युठानमा ल्याउने तयारी भएको वडा अध्यक्ष नरेन्द्र पुनमगरको भनाइ छ ।
जन्ती गएका गुरुङगाँउका ३६ जना विरामी
जन्ती गएका गुरुङगाँउका ३६ जना विरामी
Advertisement
तपाईको प्रतिक्रिया