नेत्र खनाल, दाङ
लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्रकाे मुख्य बजारमा फ्रि वाईफाइकाे व्यवस्था गरिएको छ । देउखुरी उपत्यकाको राप्ती गाउँपालिकाले आफ्नाे क्षेत्रमा निःशुल्क वाइफाइ चल्ने बनाएकाे छ ।
लुम्बिनी प्रदेशकाे राजधानी अस्थायी रूपमा बुटवलमा हुँदै आएकाेमा स्थानी रूपमा कामकाज देउखुरीबाट सञ्चालन गर्न लागिएको छ । साेही समयमा
सुचना र संञ्चारक्षेत्रमा नागरिक अधिकारकाे सुनिश्चितताका गाउपालिकाका मुख्य शहर भालुवाङ र सिसहनियामा फ्रि वाईफाई जडान गरिएकाे राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताए । उनले संञ्चार र प्रबिधिकाे यस दुनियामा नागरिकलाई आपतकालि अबस्था आउदा देश तथा बिदेशमा सम्पर्क गर्न तथा माेबाईल बैंकिङ सेवा लिन वा दिन सहज हुने विश्वास व्यक्त गरे ।
विष्टका अनुसार प्रदेश राजधानि क्षेत्रमा अतिनै आवश्यक महशुसतालाई मध्य नजर गरि वाईफाई जडान गरेकाे बिष्टकाे दावी छ।कसरी हुन्छ कनेक्टिङ ?
वाईफाई सेबाग्राहिले सुरुमा आफ्नाे माेवाईलमा फ्रि वाईफाईकाे लिंक आउने छ त्यस पश्चात् वाईफाई खुल्ने छ र गेट अनलाईन आउने छ । त्यस पश्चात् सेवा ग्राहिले आफ्नाे माेवाईल नम्बर टाईप गर्नु पर्ने छ । त्यस पछि माेबाईलमा ५ अक्षरकाे काेड नम्बर आउने छ काेड नम्बर प्राप्त पश्चात् नम्बर टाईप हुदा साथ माेवाईलमा वाईफाई अटाे कनेक्टिङ हुने छ र सेवा ग्राहिले प्रतिदिन ५० एम बि बराबर सेवा लिन सक्ने राप्ती गाउँपालिकाका अधिकृत वासुदेव खनाल ले जानकारी दिए ।
प्रदेश राजधानीमा फ्रि वाइफाइ
प्रदेश राजधानीमा फ्रि वाइफाइ
Advertisement
तपाईको प्रतिक्रिया