• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

प्युठानमा दिगो पर्यटन विकासका सम्भावनाका चाङः तर कहिले ?


  •   शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
  • Advertisement

    शशिधर भण्डारी समृद्ध
    प्युठान, प्युठानमा पर्यटन विकासका सम्भावनाका धेरै भएको एक कार्यक्रममा सहभागिहरुले दावी गरेका छन् ।
    शुक्रबार लुम्बिनी प्रदेश सरकार पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, पर्यटन विकास परिषद, मुकाम बुटवलको आयोजना र प्युठान उद्योग वाणिज्य संघको सहआयोजनामा भएको प्युठान जिल्लामा दिगो पर्यटन विकासका सम्भावनाहरु विषयक एक दिने गोष्ठीमा सहभागिहरुले सो कुरा बताएका हुन् ।
    जिल्लाको पर्यटकीय क्षेत्रको विकासमा छलफल गर्दै जिल्ला स्थित सरोकारवालाहरुको भनाई के छ ? हेर्नुहोस ।

    पर्यटन प्याकेज निर्माणमा ध्यान दिनु पर्दछः प्रजिअ नेपाल


    जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाले भित्रिएका पर्यटकहरुबाट लाभ लिन नसक्नु जिल्लाको कमजोरी रहेको तर्क राखिन । उनले जिल्लाको पर्यटक विकासका लागि स्वर्गद्धारी संगै अन्य क्षेत्रमा पुराउनका लागि प्याकेज निर्माणमा स्थानीय सरकार, होटल तथा पर्यटन व्यवसायीहरुले ध्यान दिनु पर्नेमा नेपालको जोड थियो ।

    मुख्य सडक नै समस्याः गौमुखी अध्यक्ष गिरी


    जिल्लाको विकासका लागि भालुवाङ देखि बाग्लुङ, गुल्मी जोड्ने सडकहरुको स्तरीय निर्माण गर्नु पर्ने गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताए । गिरीले पर्यटन क्षेत्रमा ठुलो लगानी गर्न नसकेपनि साना लगानीका अवसरहरु समेत गरेको दावी गरे । उनले पर्यटन प्रवर्धनका लागि जिल्लामा पर्यटकीय चेतनाको बृद्धि गर्न सबै लाग्नु पर्नेमा जोड दिए ।

    पर्यटक भित्र्याउने वातावरण निर्माणमा एकताबद्ध हुनुपर्दछः जिसस प्रमुख जि.सी.


    जिल्लामा विधिवत रपमा पर्यटक भित्र्याउने वातावरण निर्माणमा एकताबद्ध हुनुपर्ने जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम जि.सी.ले बताए । जि.सी.ले होटलमा खाना, यातायातमा सहज र गुणस्तरीय सेवामा ध्यान दिनु पर्ने बताए ।

    पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएका छौंः झग बहादुर विश्वकर्मा


    सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको दावी गरे । स्थानीय तहको लगानीले मात्रै पर्यटन प्रवर्धन हुन नसक्ने भन्दै उनले संघ र प्रदेशले नीतिगत र आर्थिक रुपमा सहजीकरण गर्नु पर्ने बताए । नेपालको पर्यटन विकासमा असन्तुलित भएको उनको भनाइ छ । विश्वकर्माले नेपालको पर्यटन क्षेत्रको विकासका हिसावले पश्चिम भन्दा पूर्व अगाडि रहेको बताउदै राज्यले पर्यटन विकासमा सन्तुलित गराउनु पर्नेमा जोड दिए । पर्यटन विकासमा प्रदेश सरकारले ठुलो वजेट नवानाई साना साना लगानी मात्रै गरेकोले पर्यटन विकासमा समस्यामा भइरहेको उनको आरोप छ ।

    पर्यटनलाई आर्थिक विकासको रुपमा लिएनौः व्रह्मा


    प्युठान नगरपालिकाका नगरउपप्रमुख देवेन्द्र बह्माले पर्यटकीय स्थलहरुको प्रवर्घनका लागि प्रचार प्रसार र महोत्सवको आयोजना हुनु पर्ने बताए । पर्यटकीय गन्तब्यको नियमित प्रचार प्रसारको अभावका कारण नियमित आउने पर्यटकहरुको दर घट्ने गरेको उनको दावी छ । ब्रह्माले पर्यटकीय स्थलहरुमा आएको संख्याको तथ्यांक संकलन हुने पर्ने उनको तर्क छ । उनले पर्यटकको आकर्षणका लागि होटल व्यवसायीले प्याकेज निर्माण गर्न अनुरोध गरे ।

    लगानीको वातावरण सिर्जना गरौंः पत्रकार भण्डारी


    नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका निवर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारीले जिल्लामा पर्यटन प्रवर्धनका लागि लगानीको वातावरण निर्माण गर्नुपर्ने बताए । भण्डारीले लाख लगानी गरे करोडको आम्दानी हुने योजना निर्माणमा सरोकारवालाहरुलाई सुझाव समेत दिए ।

    प्युठानले पर्यटक देख्ने अवसर पाएनः पर्यटन उपाध्यक्ष भण्डारी


    प्युठान उद्योग वाणिज्य संघका पर्यटन उपाध्यक्ष दधिराम भण्डारीले स्वर्गद्धारीबाट पर्यटनलाई प्युठानको उत्तरी क्षेत्रमा पर्यटन नल्याउँदा प्युठानले पर्यटकहरुबाट लाभ लिन नसकेको बताए । प्युठानको नौबहिनी र गौमुखीसम्म पुर्याउन सके जिल्लाले लाभ लिने भन्दै यसको विकासका लागि सबैको पहल हुनु पर्नेमा उनको जोड थियो ।

    लुम्बिनीका पर्यटकीय स्थलको प्रोफाइल निर्माण गरी विकास गर्ने योजना छ: जोशी


    लुम्बिनीका पर्यटकीय स्थलको प्रोफाइल निर्माण गरी विकास गर्ने योजना रहेको पर्यटन विकास परिषद, मुकाम बुटवलका कार्यकारी निर्देशक रामु जोशीले जानकारी दिए । जोसीका अनुसार लुम्बिनी पर्यटन विकास परिषदले जिल्लालाई पर्यटकीय हवको रुपमा विकास गर्न पर्यटनको प्रकारको वर्गिकरण गरी डिजिटल वुष्टिङको तयारी गरिरहेको छ ।

    सरकारी उल्झन कम भए सहजः भारती


    प्युठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष इमान सिंह भारतीले पर्यटन व्यवसायमा सरकारी उल्झन बढि भएकोले पर्यटन व्यवसायमा समस्या देखिएको गुनासो गरे । उनले पर्यटन विकास परिषद, मुकाम बुटवललाई यसमा सहजीकरण गर्ने विश्वास व्यक्त गरे । प्युठानमा पर्यटन पूर्वाधार निर्माणका लागि दर्ता पक्रियाको झन्जटीलो प्रावधानले जिल्लामा निर्माण हुन थालेका पूर्वाधार निर्माणमा समस्यामा परेको उदाहरण समेत प्रस्तुत गरे । प्युठानको पर्यटन विकासमा गन्तब्यको रुपमा निश्चित पर्यटकीय स्थलहरुको सूचिकरण गरी गुणस्तरीय पूर्वाधार निर्माणमा जुट्नु पर्नेमा जोड दिए । भारतीले भने “प्युठानको पर्यटनको बिकास गर्ने हो भने स्वर्गद्वारी लाई पर्यटन बिकास समिति गठन गरि ९ वटै स्थानीय तहका एक एक मुख्य गन्तव्य पहिचान गरौ र ब्यबस्थित गरौ।”

    हाम्रो पर्यटकीय स्थल डिजिटल मिडियामा देखिएनन्ः प्रविण बि.क.


    युवा व्यवसायी प्रविण वि.क.ले लक्षित पर्यटकहरु आउन जिल्लाका पर्यटकीय स्थलहरुलाई डिजिटल मिडियामा देखिने गरी प्रचार प्रसारमा लाग्नु पर्नेमा जोड दिए । उनले नेपाल भित्रिने पर्यटकहरुलाई लक्षित गरी देश अनुसार सबै भन्दा बढी प्रयोग हुने सामाजिक तथा डिजिटल मिडियाको प्रयोग गर्न सुझाए ।

    पर्यटकलाई हेर्ने दृष्टिकोण बदलौंः व्यवसायी कक्षपति


    प्युठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा व्इसायि केदारमान कक्षपतिले पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटकलाई हेर्ने दृष्टिकोण बदल्नु पर्नेमा जोड दिए । जिल्लामा पर्यटन विकासका लागि प्रकृतिले साथ दिएपनि यातायातको सहज पहुँच, विदेशी पर्यटकहरुलाई गरिने व्यवहारमा सकारात्मक परिवर्तन गर्नु पर्ने कक्षपतिको भनाइ थियो ।

    शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.