• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

राप्तीबाटै राष्ट्रिय परिचय पत्र विवरण संकलन


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित

  • नेत्र खनाल
    दाङ, राप्ती गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन कार्य शुरु भएको छ । पहिलो चरणमा गाउँपालिकाको वडा नम्वर १,२,४,६,७,८ र ९ बाट विवरण संकलनको कार्य शुरु गरिएको हो भने बाँकी वडाहरुमा दुई तीन दिन भित्रै विवरण संकलन गरिने गाउँपालिकाले जनाएको छ ।
    मंगलबार जिल्ला प्रशासन कार्यलय दाङको आयोजना तथा राप्ती गाउँपालिकाको सह आयोजनामा राप्ती गाउँपालिकाको सभा हल मसुरियामा अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
    अध्यक्ष विष्टले राष्ट्रिय परिचपत्र निर्माण जस्तो महत्वपूर्ण कार्यमा कोहीपनि नछुट्ने गरी विवरण टिपाई राज्यलाई सहयोग गर्न अनुरोध गरे।त्यस्तै उनले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकलाई हरेक सरकारी कामकाजमा सहजता हुने भएकाले सकभर कोही पनि नछुट्न आग्रह गरे ।

    Advertisement

    परिचय पत्र बनाउन आँउदा नागरिकहरुले नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल सहित, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकाको हकमा सो खुल्ने प्रमाण वा गाउँपालिकाको सिफारिस, नागरिकका प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक ठेगाना भएमा त्यस्तो ठेगाना प्रमाणित गर्ने बसाई सराई प्रमाणपत्र वा बसोबास प्रामाणित भएको कागज,नागरिकताको प्रमाणपत्रमा पति पत्नीको नाम नखुलेमा विवाह दर्ता प्रमाणपत्र वा विवाह प्रमाणित भएको कागज वा नाता प्रमाणित वा पति पत्नी भएको प्रमाणित हुने अन्य सरकारी कागज,नागरिकताको प्रमाणपत्रमा अंग्रेजीमा नाम नखुलेको भए सम्भव भएसम्म अंग्रेजीमा नाम खुल्ने कागजात, विवरण पुष्टि गर्ने अन्य कागजातहरु अनिवार्य साथमा ल्याउनु पर्ने फोकल पर्सन विपिन आचार्यले जानकारी दिए ।
    राष्‍ट्रिय परिचयपत्र” व्यक्तिको परिचय प्रमाणिकरणको डिजिटल समाधान हो ।
    डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ ।
    यसलाई सफलतापूर्वक आफ्नो देशमा लागू गराउने धेरै देशहरुको नीति रहेको छ भने कतिपय देशमा यसको सफल प्रयोग समेत भैरहेको छ । विना भेदभाव सबै नागरिकहरुले यस्तो डिजिटल परिचयपत्र प्राप्‍त गर्नु भनेको राष्‍ट्रिय समावेशीकरणलाई समेत टेवा पुर्‍याउनु हो ।
    नेपाल सरकारले २०६६÷०६७ को बार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत सबै नेपाली नागरिकलाई राष्‍ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरिनेछ र यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि एउटा छुट्टै केन्द्रीय निकाय खडा गरिनेछ भनी घोषणा अनुसार नेपाल सरकारको मिति २०६७ साल असार १६ को निर्णयानुसार गृहमन्त्रालय अन्तर्गत विभागस्तरको केन्द्रीय निकायको रुपमा मिति २०६७ साल साउन १ मा राष्‍ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र को स्थापना भएको हो ।
    पछि मिति २०७५ साल असोज २८ मा उक्त केन्द्र र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको केन्द्रीय पञ्जीकरण विभागलाई एकिकृत गरी राष्‍ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना गर्ने निर्णय भए अनुसार राष्‍ट्रिय परिचयपत्रको काम समेत यसै विभागबाट हुदै आएको छ ।
    राष्‍ट्रिय परिचयपत्र कार्यक्रमलाई प्रकृयागतरुपमा अघि बढाउन “राष्‍ट्रिय परिचयपत्र व्यवस्थापनको रणनीतिक योजना २०७५” , “राष्‍ट्रिय परिचयपत्र वितरणका लागि नेपाली नागरिकता प्राप्‍त व्यक्तिको विवरण दर्ता तथा राष्‍ट्रिय परिचयपत्र वितरणसम्बन्धी कार्यविधि, २०७५”, मन्त्रिपरिषद् र मन्त्रालयस्तरीय विभिन्न निर्णयहरुलाई आधार लिईंदै आइएकोमा मिति २०७६ माघ २८ मा राष्‍ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन जारी भएपछि यसको लागि कानूनी आधार निर्माण भएको छ ।
    आ।व।२०७५०७६ मा पाँचथर जिल्लाका नागरिकहरु तथा सिंहदरबार परिसरका कर्मचारीहरुलाई राष्‍ट्रिय परिचयपत्र वितरण गरी राष्‍ट्रिय परिचयपत्रको सफल परीक्षण भइसकेको छ । अहिले देशभर राष्ट्रियपरिचय पत्र निर्माणका लागि विभागबाट कर्मचारीहरु विभिन्न पालिकाहरुमा पुगेर विवरण संकलनको काम भईरहेको छ ।

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.