जनखोजी
प्युठान, माण्डवी गाउँपालिकाले वाढीवाट पिडित तथा प्रभावितहरुको आवास पुननिर्माणका लागि वजेट विनियोजन गरेको छ।
बिहिबार गाउँपालिकाको सभाहल जस्पुरमा सम्पन्न गाउँपालिकाको १३ औं हिउँदे अधिवेशनले गाउँपालिकाका विभिन्न वडाका विभिन्न वस्तीमा वाढी तथा पहिरोवाट प्रभावित परिवारका आवास पुन निर्माणका लागि रु ५० लाख विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोशनले बताए ।
गत असोजमा परेको अविरल वर्षात् ले माण्डवी गाउँपालिका वडा नं.४ फरिण्डेमा एकै परिवारका ६ जनाले ज्यान गुमाएका थिए ।यस्तै सोही अविरल वर्षासँगै आएको पहिरोले वडा नं.२ स्थित धनचौरको गाउँ नै विस्थापित हुन पुगेको थियो । सोही घटनालाई मध्यनजर गरी गाउँपालिकाले पीडित परिवारको आवास पुनर्निर्माणका निम्ति आवश्यकता वमोजिम वजेटको व्यवस्था गरिएको हो । वजेटले सुरक्षित आवासको व्यवस्था हुने गाउँपालिकाले विश्वास लिएको जनाएको छ ।
माण्डवीद्धारा पुनः निर्माणका लागि ५० लाख वजेट विनियोजन
माण्डवीद्धारा पुनः निर्माणका लागि ५० लाख वजेट विनियोजन
Advertisement
तपाईको प्रतिक्रिया