नेत्र खनाल
राप्ती उपत्यका दाङ, लघुवित्तका कर्मचारीलाई गाउँलेले लखेटेका छन् । सोमवार बिदाको दिन कर्जा असुलिको लागि राप्ति गाउँपालिकाको २ नम्वर वडाको लालमटियाको कठाह मा डिप्रोक्स् लुघ वित्त संस्थाका सामाजिक परिचरहरुलाई स्थानीयहरुले लखेटेका हुन् ।
बिदाको दिन कर्जा असुलि कार्य नगर्न अनुरोध सहिद स्थानिय महिला दिदिबहिनिले बहिस्कार गरेको सामाजिक अभियान्ता बुद्धन चौधरिले जानकारी दिएका छन् । सामुहिक महिला समुह गठनगरि कर्जाप्रवाह गर्ने लघुउद्मम समुहको कर्जा बितरण तथा असुलि गर्ने प्रबिधिले ग्रामिण क्षेत्र र शहरि क्षेत्रका महिलाहरुलाई यतिबेला देशैभर मरुकि बाचु भन्ने अबस्था भएको स्थानिय जानकारहरु बताउछन् ।
लुघउद्धम समुहले २२ प्रसेन्टमा कर्जा लगानी गरेको महिला दिदिबहिनिको गुनासो रहेको छ । देशभरि यस्ता माईक्रोफाईन्स संस्थाले बिना उद्देश्य कर्जा लगानि गर्दा महिलाहरु समस्यामा परेको स्थानीयहरु बताउछन्।
लघुवित्तका कर्मचारीलाई गाउँलेले लखेटे
लघुवित्तका कर्मचारीलाई गाउँलेले लखेटे
Advertisement
तपाईको प्रतिक्रिया