Advertisement
जनखोजी
प्युठान, गौमुखी गाउँपालिकाले चोरी गर्ने व्यक्ति पहिचान गर्ने व्यक्तिलाई रु १० हजार पुरस्कार दिने निर्णय गरेको छ । बुधबार गाउँपालिकाले सूचना जारी गर्दै चोरी गरेका, गर्दै गरेका वा योजना बनाइरहेका व्यक्तिहरुको सूचना दिनेलाई नगद पुरस्कार दिने भएको हो ।
गाउँपालिकाले घुमन्ते व्यपारीहरु, कपाल किन्ने, सिरक डसना बनाउने, कपडा, भांडाकुडाँ, जडिबुटी बेच्ने लगायतका कारोबार गर्ने ब्यक्तिलाई गौमुखी गांउपालिकाको अर्को सूचना नहुञ्जेलसम्म गाउँपालिकाको सीमा भित्र प्रवेश निषेध गरेको सूचनामा उल्लेख छ ।
समाजमा शान्ति, सुरक्षा र अमनचयन कायन गर्न सहजिकरणका लागी गांउँपालिकाका बिभिन्न बजार तथा गांउटोलमा भएका विभिन्न सामाजिक संघसंस्था, समुहहरुलाई नागरिकस्तर बाट आवश्यक सहयोग गर्न समेत विज्ञप्ती मार्फत आग्रह गरेको छ ।