
जनखोजी
प्युठान, माण्डवी गाउँपालिकाले सामुदायिक र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि शिक्षा व्यवस्थापन तालिम तथा सामुदायिक बिद्यालयका खेलकुद प्रशिक्षक र बिद्यार्थीहरुका लागी सांगितिक पि.टि., प्राथाना र पुर्नताजकीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसनले व्यानर पढेर कार्यक्रमको उदघाटन गरेका हुन् ।
उदघाटन कार्यक्रममा अध्यक्ष अधिकारीले शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल निकाल्न शिक्षक जिम्मेवारी रहनु पर्ने बताए । उनले शिक्षा,स्वास्थ र खेलकुद रास्ट्रको लागि जरुरी रहेको समेत बताए । अध्यक्ष अधिकारीले शिक्षकहरुले आफुले गरेको मेहनतको आफै स्वमुल्याङकन गर्नु पर्ने दावी गरे ।
माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सा कार्किले सचालन गरेको कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले रिजल्ट सन्तोषजनक नभएको बताउदै सिकाइ उपलब्धि अनिवार्य रहेको बताए । शुक्रबारसम्म संचालन हुने कार्यशालाको प्रशिक्षकमा शिक्षाविद एवम कालिका मानवज्ञान बिधालय रुपन्देहीका प्रधानाध्यापक दिनेश थापा, प्रदेश खेलकुद परिषद सदस्य हरिष वलि रहेका छन्।
वडा न.३ का अध्यक्ष धनेन्द्र कार्किले स्वागत गरेको माण्डवी गाउँपालिका भित्र रहेका माध्यामिक बिधालय ,आधारभुत तहका प्रधानाध्यापकहरु,खेल शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।


