• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

राजनीतिलाई कसरी बुझ्ने ?


  •   बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

  • बुद्ध बस्नेत

    Advertisement

    समाज सेवाको उच्चतम रुप नै राजनीति हो । यहाँ मात्र सेवाभावले होमिने हो न कि कुनै लगानी र प्रतिफलको व्याक्तिगत हिसाब किताबमा । सहि गन्तव्य तय गरी गरिएको राजनीतिले समग्र मुलुक र जनतालाई निरन्तर प्रतिफल प्रदान गरिरहेको हुन्छ । त्यहि नै राजनीतिज्ञको विजय हो ।समाज रुपान्तरण र सामाजिक, आर्थिक, सांस्कृतिक विकासका हरेक पाटा पक्षहरुलाई त्यो देशको नेतृत्व र चिन्तन शैलीले निरन्तर परिस्कृत गर्दै लागेको हुन्छ। एउटा कुशल राजनीतिज्ञले आफ्नो व्यक्तिगत जीवन र भविस्यवारे कहिल्यै सोच्दैन र त्यतातिर कहिल्यै अलमलिदैन । उ समग्र मुलुक र जनताको प्रगतिसंग आफ्नो प्रगति भएको महसुश गर्दछ।संसारमा जतिपनि समृद्द मुलुकहरु छन् त्यसको पछाडी इमान्दार अनि कुशल राजनैतिक नेतृत्वकै चर्चा हुने गर्छ । अमेरिकाले अब्राहम लिंकन पायो, अफ्रिकाले नेल्सन मन्डेला, क्युवाले फिडेलक्वास्ट्रो, सिंगापुरले लि क्वान यू, चीनले माओत्सेतुङ देखि सि जिंफिङ सम्म, मलेसियाले मोहम्मद महावीर, भारतले महात्मा गान्धी, भियतनामले हो छि मिन्ह, रुसको लेनिन देखि पुटिनसम्म जस्ता महान राजनीतिज्ञ अर्थात राष्ट्रसेवकहरुले ति मुलुकहरुको कार्य दिशा, कार्यशैली र भावी मार्ग स्पष्ट रुपमा तय गरेका छन्। माथि उल्लेखित केहि उदाहरणीय राजनीतिज्ञहरुले आफ्नो सुख सुबिधाको विषयमा चिन्तन गरेको भए के ति मुलुकहरु आज यो अवस्थामा पुग्न सम्भव थियो त ? यसर्थ राजनीति वास्तव मै समाजसेवा र राष्ट्रिय हितको एउटा उच्चतम रुप हो । यो स्वयम् व्यक्तिलाई तत्काल प्रतिफल दिने व्यापारिक विषय किमार्थ हुन सक्दैन । यदि राजनीतिलाई व्यापार र व्यापारीले राजनीति सोच्यो भने उसले व्यक्तिगत प्रतिफलको हिसाबकिताब गर्छ नाफाघाटाको जोडघटाउ गर्छ। व्यक्तिगत पद प्रतिष्ठाको हिसाबकिताब गर्छ।मैले यति धेरै लगानी गरे मुलुकले मलाई के दियो भनि राज्य संग प्रश्न गरिरहन्छ अनि मुलुकको भविस्य भन्दा पनि आफ्नो आर्थिक पारिवारिक चिन्ताको साँघुरो घेराबाट मुलुकलाई बन्धक बनाइ रहन्छ र मुलुकलो राजनैतिक धार परिवर्तन गरि आफ्नो पोल्टामा मात्र पार्ने कुचेष्ठा गरिरहन्छ ।
    नेपालको राजनीतिक इतिहासलाई केलाएर हेर्ने हो भने पृथ्वीनारायण शाहको मुलुक एकीकरण को अभियान पछीका राजनीतिज्ञ भन्दा पनि वंश परम्परामामा आधारित शासकहरुको शासन सत्ता स्थापित भयो। यो लामो समय चल्यो । जब जंगबहादुरको उदय भयो शाह बंशीय राज कमजोर भयो राणाहरु जनताप्रति क्रुर देखिए जनताका अधिकार भन्ने केहि रहेनन् । हुकुमी शासन चलिरह्यो ।
    त्यस भित्र पनि बिभिन्न जाल झेल षडयन्त्र र ठुला ठुला काण्ड नरसंहार , कोत पर्व जस्ता अमानवीय संहार मच्चाई सत्ता हातमा लिने सत्ताको वागडोर सम्हाल्ने र मात्र राणाहरुको हित र समृदि का खातिर सिंगो राज्य स्रोतको दुरुपयोग भई रहयो। यो प्रक्रिया १०४ वर्ष चल्यो देश शिक्षा , स्वास्थ्य , रोजगारी र न्यायका हिसावले पुरै अन्धकारमा डुव्यो। २००७ सालमा राणाहरुको चरम दमन ले आत्तिएका जनता र अधिकार कुण्डित गरी अपमानित भएका राजा त्रिभुवन बीच राणा शासनको अन्त्य गर्ने योजना बन्यो र त्यो सफल भयो।अब जनताको छोरो निर्वाचनका माध्यमवाट प्रधानमन्त्री हुने व्यवस्था सृजना भयो ।तथापि शिशु प्रजातन्त्र माथि बैदेशिक हस्तक्षेप बढ्यो बिशेष गरी दक्षिण तर्फको छिमेकी ले व्यवस्था भित्र खेल्न सुरु गर्यो र आफ्नो स्वार्थ अनुरुप सरकार र राजाबिचको सम्बन्धमा भाजो सृजना गरी नेपालको अपार जलसम्पदा माथि गिद्दे दृष्टि राखियों फलस्वरूप २०११ सालमा मातृका प्रसाद कोईरालाको प्रधानमन्त्री कालमा कोशी समझौता भयो त्यो नितान्त देश हित बिपरित थियो कोशी सुम्पनुको पछाडिको रहस्य कांग्रेसको कुर्शी मोह नै थियो । त्यो ठुलो रास्त्रघात थियो कारण स्वार्थ र सत्ता केन्द्रित राजनीति फेरी २०१५ सालमा नेपालको अर्को ठुलो नदि गण्डकी बि ।पी कोईराला को भारत भ्रमणका बेला सुम्पियो त्यस पछाडिका रहस्य पनि कुर्शी मोह नै थियो।प्रजातान्त्रिक भनिएको पार्टी नेपाली कांग्रेसले भारतको दवावमा ठुलो रास्ट्रघात भयो।यस्ता रास्ट्रघाती राजनीतिज्ञ हरुका कारण जनतामा फेरी राजनीति प्रति बितृष्णा पैदा भयो र राजा महेन्द्रलाई गण्डकी सम्झौतामा फसाईएका कारण २०१७ सालमा राजा महेन्द्रले सम्पूर्ण राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाए र पंचायती शासन व्यवस्था लागु गरियो।

    यो व्यवस्थामा राजा महेन्द्रले नेपालको उत्तर तर्फको छिमेकी रास्ट्र संगको सम्बन्ध बिस्तार भयो राजा महेन्द्र ले चिनिया ‘कम्युनिस्ट पार्टीका महान हस्ती जनबादी गणतन्त्र चीनका रास्ट्रपति क।माओत्सेतुङ संग मित्रता बढाए र नेपालमा सडक पूर्वाधार र उधोगहरु स्थापना भए त्यसै गरी कम्युनिस्ट मुलुक रसिया संग पनि मित्रताको हात बधाईयो र महेन्द्र राजमार्गको झन्डै आधा हिस्सा सोभियत रुसको सहयोगमा निर्माण भयो।चिन ,सोभियत रुस ,डेनमार्क , बेलायत , अमेरिका जस्ता ठुला ठुला मुलुकहरुले नेपाललाई सहयोग गरेको भारतलाई पटक्कै मन परेको थिएन।

    यता पंचायती शासकहरु जनतालाई न्याय दिने सवालमा अलि अनुदार थिए।तिनीहरु पनि राजालाई गुमराहमा पारेर राणा शैली अवलम्बन गर्ने गर्थे।जसको कारण भौतिक पूर्वाधार बिकासमा तिब्रता देखिएतापनि जनतालाई राजनैतिक अधिकार नदिदा पंचायती व्यवस्था प्रति जनताको बितृष्णा स्वरूप २०४६ सालमा बहुदलीय व्यवस्था उदय भयो ।२०४६ सालको प्रजान्तान्त्रलाई पनि शिशु प्रजातन्त्र नै भनियो। २०४८ को संसदीय निर्बाचनमा नेपालि कांग्रेस पार्टीले दुई तिहाई बहुमत प्राप्त गर्र्यो तर त्यो आपसी खिचातालनी र निहित स्वार्थका कारण २ वर्ष पनि टिकेन। त्यो राजनितिको महान अवसर कांग्रेसले आपसिक लहका कारण गुमायो।जना अधिकारका चासो भन्दा पनिं सत्ता स्वार्थ बढी देखियो त्यो राजनीति २०१७ सालमा खाएको ठक्कर ले पनि जनताको सेवा मा समर्प्रित हुन सकेन।अस्थिर राजनीति र दलीय व्यवस्था ले देश दल दलमा फस्यो। स्थानीय ठुला उधोगहरु भारतीय ष्लतभचभकत अनुरुप धमाधम बन्द हुन् पुगे फेरी देश दुर्गतिको दुस्चक्रमा फस्यो।

    २०५० सालमा कांग्रेस र एमालेको मिलोमतोमा सत्ता टिकाउन भारतलाई अर्को ठुलो ठुलो जलसम्पदा महाकाली सुम्पिए देशले अपुरणीय क्षती व्यहोर्नु पर्यों।त्यो सृंखलाबढ्द रास्ट्रघात ले नेपाली मन छियाछिया भयो सिंगो देश घाईते भयों।देशको शान र मानमा आंच आउने काम भयो।राजनीति र नेताहरु प्रति अविश्वास यसले पैदा गर्यो।यसरी सामन्ती र अर्धसामन्ती चेतनाका राजा र दलहरूले यो देश र जनताको हित गर्न सक्दैनन् ।राजनीति निकै नै दुषित भयो देश बिदेशी हरुको क्रिडास्थल बन्यो मुलुकको अर्थतन्त्र धरासायि बन्यो।उत्पादन र निर्यात ठप्प भयो।

    यहि ठम्याइका कारण त्यो उच्च तहको समाज सेवाकों रुप राजनीति लाई पूर्ण रुपमा सुदृढ गर्नुपर्छ सामन्ती र अर्धसामन्ती चेतका शासकहरुको समुल नस्ट गरी सामन्तवादलाई जरैदेखि उखेली नया जनवादी गणतन्त्र स्थापना गर्नुपर्छ र राजनीति लाई पूर्ण रुपमा देश र जनताको सेवामा समर्प्रित गर्नुपर्छ भन्ने मुल आशयका साथ महान जनयुद्द थालनी भयो र यसले सामन्ती सत्ताको जरो हल्लायो साम्राज्यवादी र बिस्तारवादीहरुको पनि होस् खुलायो।जनता मुलुक को मुक्तिका लागि स्वतस्फुर्त जनयुद्दमा लामबद्द भए हजारौ हजारले आफ्नो ज्यान , परिवार , सम्पत्ति , सुख सुबिधा केहि कुराकों प्रवाह नै नगरी मुलुक र जनताको मुक्तिका लागि बलिदानी पूर्ण संघर्षमा लामबद्द भए।

    यसले नेपालि राजनीतिलाई तरंगित गर्यो बिग़्रिएकाहरुलाई सच्चिन बाध्य बनायो।गणतन्त्र चाहिदैन भन्नेहरुलाई चाहिन्छ भन्ने बनायो।साच्चिकै राजनीतिले ठुलो फड्को मार्यो।जसको फलस्वरूप १० बर्षे जनयुद्दको जगमा २०६२ सालमा राजा ज्ञानेन्द्रको व्यावहारबाट दिक्दार भएका बहुदलप्रेमी सात दल र नेकपा माओबादी संग १२ बुदे समझदारी बन्यो र त्यहि समझदारी मा टेकेर २०६२र६३ मा १९ दिने जनान्दोलन भयो राजतन्त्रको सदा सदाका लागि अन्त्य भयो।राजा दरबार छोडेर हिडे।अन्तरिम संबिधान बन्यो र संबिधान सभाको चुनाब भयो।

    २०७२ सालमा लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी भयो।यो संविधानले सामन्ती सत्ताले पछी पारेका दलित , मधेशी , जनजाति , मुस्लिम , महिला , अन्य अल्प संख्या जाति , भाषा धर्म , क्षेत्र , लिंग सबैको समाबेशी सिध्दान्तको आधारमा राज्यका सबै अंगमा सुनिस्चितता गर्यो।यहि हो राजनीति र समाजसेवाको उच्चतम रुप २०७२ को संबिधान जारी भैसकेपछी नेपालको राजनीति प्रतिको आकर्षण एकाएक बढ्यो चेतनशिल युवाहरु राजनीतिमा अग्रसर भए यसैका माध्यमबाट यहि महान अवसरको उच्चतम प्रयोगबाट मात्र देशको चौतर्फीबिकाश गर्न सकिन्छ।देश र जनताको सेवा गर्न सकिन्छ भन्ने ठम्याई २०७९ को आम चुनावसम्म आईपुग्दा पूर्णरुपमा स्थापित हुन् पुगेको छ।नेपालको बिग्रिएको राजनैतिक प्रणालीलाई सहिमार्गमा ल्याई तमाम होनहार युवाहरुलाई रास्ट्र सेवामा लामबद्द बनाउनु नै १० बर्षे महान जनयुद्द को महत्त्वपूर्ण उपलब्धि हो र आज नेपालको संसदमा देखिएको सिनले अझ माओबादी जनायुद्दलाई गर्विलो बनाएको छ।

    महान जनायुद्द र जनान्दोलनले लिएको उद्देश्य अनुरुप देश पूर्णरुपमा संघिय संरचना मा गईसकेको छ।यसलाई एउटा राजनैतिक अवसरका रुपमा तमाम नेपालीले प्रयोग गर्न पाउने छन।त्यहि भावना अनुसार जनयुद्द र जनक्रान्तिका महानायक क।प्रचण्डको नेतृत्व मा सरकार बन्नु मुलुकको लागि एउटा एतिहासिक अवसर हो।महानायक प्रचण्ड को आखामा यो देश समृद्द पार्ने सुन्दर सपना छ।त्यो ३० बर्षको कलिलो उमेरमा हेडमास्टरको जागिर छोडी मुलुकको सुन्दर सपना देखेर राजनीतिमा होमिनु भएको थियो।त्यहि सपना पुरा गर्ने यो महान अवसर खेर जाने छैन भन्ने पूर्ण बिश्वाश सिंगो देश र यो देशको हित चाहने विश्व भूगोल का सबै रास्ट्र हरुको सपना पुरा गर्नुहोस यहि शुभकामना व्यक्त गर्दछु।

    बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.