काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको दानपेटिकामा ६ लाख ४ सय ३४ रुपैयाँ जम्मा भएको छ ।
मन्त्री किरातीले आफ्नो फेसबुकमा लेखेका छन्, “आमजनताको लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने महानुभावहरूबाट खादा र माला लिनुको सट्टा दानपेटिका राख्यौं । बिदाबाहेक सात दिनमा दानपेटिकामा संकलित रकम, मेरो एक महिना र सचिवालयको १५ दिनको सुविधा समेत यसैमा जोडेर जम्मा रू. ६ लाख ४ सय ३४ भएको जानकारी गराइन्छ । दानपेटिका राख्ने कार्य माघ १३ गतेदेखि नै बन्द गरिएको छ । उक्त सुन्दर अभियानमा सहभागी सबैमा धन्यवाद व्यक्त गर्दछौँ ।
माथि उल्लिखित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रूपमा दुर्गम क्षेत्रको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । विद्यालयको नाम र हस्तान्तरण कार्य चाँडै सार्वजानिक गरिनेछ ।”
Advertisement