जनखोजी
प्युठान, आर्थिक मन्दीको समयमा जिल्लाको पुँजी पलायन, विकृति विसंगती, अश्लील्ता र फिरंगी सभ्यता भित्रयाइने महोत्सव नगर्न नेकपा प्युठानले आग्रह गरेको छ ।
जिल्ला सेक्रेटरी परिवर्तनले आइतबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै महोत्सवका नाममा विचौलिया मोटाउने, हिसाव कितावमा सधै आंशिक घाटा वा थोरै बचत देखाउने गरेको भन्दै लुम्विनी प्रदेश स्तरिय कृषि, पर्यटन, उर्जा तथा औद्योगिक ब्यापार मेला नगर्न आग्रह गर्नु भएको हो ।उद्योगी, व्यवसायी, कृषक र आम जिल्ला बासीले अपनत्व लिने अवस्था नहुदा सम्म यस्ता खाले कथित महोत्सव सन्चालन नगर्न मुल आयोजक समिती र प्यूठान उद्योग वाणिज्य संघलाई अनुरोध गरिएको छ ।
बिज्ञाप्तिमा भनिएको छ, हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टीले विगत देखी नै राष्ट्रिय स्वाधिनता, जनजिविका,भ्रष्टाचार विरुद्धको अभियान, विभिन्न खाले सामाजिक विकृती र विसँगतिका विरुद्ध त्यसैगरी दलाल माफियाहरुको जनकार्वाही सहित सम्झौताहिन सँघर्ष गर्दै यो तहसम्म आएको कुरा सबैलाई अवगत नै छ ।
यहि मिति २०७९ फाल्गुन ४ गते देखी १४ गते सम्म ‘कृ्षि,पर्यटन,उद्योग र ब्यापार ः राष्ट्र निर्माणको बलियो आधार’ भन्ने मुलनारा सहित कथित लुम्विनी प्रदेश स्तरिय कृ्षि, पर्यटन, उर्जा तथा औद्योगिक ब्यापार मेला स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव २०७९ सन्चालन हुन लागेको विषयले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
ने.क.पा.द्धारा स्वर्गद्धारी–प्यूठान महोत्सव रोक्न आग्रह
ने.क.पा.द्धारा स्वर्गद्धारी–प्यूठान महोत्सव रोक्न आग्रह
Advertisement
तपाईको प्रतिक्रिया