शशिधर भण्डारी
प्युठान, अस्पतालकाे शय्यामा छिन नाैबहिनी गाउँपालिका-८ फाेप्लीकी सीता सुनार ।दुई सन्तानकी आमा सुनार दुवै मृगौला फेल भएपछि अस्पतालमा पुगेकी हुन् ।
बुटवल स्थित गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालकाे शय्यामा मृगौला उपचारका लागि सहयाेगकाे अपिल गर्दै परिवार छटपट्याइरहेकाे छ । आर्थिक हिसावले कमजाेर परिवारमा ठुलाे राेग देखिएपछि आफ्नाे श्रीमित बचाउनका लागि सीता सुनारले अपिल गरेकी छन् ।
उपचारका लागि अस्पतालमा लाग्ने करिव ७ लाख र परिवारको वसाई खर्च सहित ७ लाख पचास हजार लाग्ने भएपछि उनका श्रीमान प्रेम रसाइलीले सहयाेग मागेका छन् । उनले सहयाेगीमनलाई आफ्नी श्रीमती बचाइदिन अनुराेध गरेका हुन् ।
रसाइलीकाे परिवार आर्थिक रूपमा कमजाेर परिवार हाे ।
सीतालाई सामाजिक सञ्जालमा केही युवाहरूले अभियान सञ्चालन गरेका छन् ।रसाइलीले सहयाेगका लागि यस विवरण जानकारी गराएका छन् ।
सम्पर्क नम्बर: श्रीमान प्रेम रसाइली 9847987316
बैंक नेपाल बैंक लिमिटेड(prem rashili)
खाता नम्बर: 32401007438592000001
अस्पतालकाे शय्याबाट सहयाेगकाे अपिल गर्दै सीता
अस्पतालकाे शय्याबाट सहयाेगकाे अपिल गर्दै सीता
Advertisement
तपाईको प्रतिक्रिया