जनखोजी
प्युठान, प्युठानमा वैशाखमा पाक्ने काफल फागुनमै पाकेको छ । प्युठानको स्वर्गद्धारी नगरपालिका–२ नोसको जंगलमा माघको अन्तिम हप्ताबाटै काफल पाक्न शुरु गरेको स्थानीय गंगाराम पुनमगरले जानकारी दिए ।
गत वर्ष चैत महिनाको अन्तिम हप्ताबाट वैशाखमा काफल पाक्ने गर्दथ्यो । पुनले भने, “ वैशाखमा पाक्ने काफल माघको अन्तिम हप्ता तिरबाट पाक्न शुरु गरिहाल्यो । यस वर्ष पानी नपरेर होकी जस्तो लागेको छ ।” उनले बनभरी काफल पाकेको बताए ।
यसवर्ष जलवायु परिवर्तनका कारण जाडो याममा पानी नै नपरी गर्र्मी मौसम शुरु भएको छ ।गत वर्ष काफल पाक्दा स्वर्गद्धारी मन्दिर दर्शन गर्न आउने मान्छे सम्पर्क गरी आउने गर्दथे । यस वर्ष कापल पाकेको समयमा तराइमा जानकारी नहुने हो की भन्ने पुनको चिन्ता छ ।
पुन सहित ५ जनाले छिमेकीहरुले प्युठानमा लागि रहेको स्वर्गद्धारी प्यूठान महोत्सवमा काफल विक्रीका लागि लिएका थिए । महोत्सवमा आएका स्थानीय समेत फागुनमै काफल पाकेको थाहा पाएपछि अचम्म मानेको काफल बेच्दै गरेकी लक्ष्मी बुढामगरले बताइन् ।