केशर सुनार
प्यूठान,प्यूठानको पुण्यखोला स्थित स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी यूनियनको टिमले शुक्रबार सेनेटरी प्याड,माक्स,स्यानिटाईजर व्यवस्थापन गर्नुका साथै क्याम्पस सरसफाई गरेको छ । स्ववियू का सभापति टेकराज केसी,सचिव प्रेमबहादुर विश्वकर्मा,कोषाध्यक्ष भुपेन्द्र जंग क्षेत्री ‘बादल’ , उपसभापति गगन गिरी लगायत सदस्यहरुको नेतृत्व र प्यूठान नगरपालिकाको सहयोगमा क्याम्पसलाई सामाग्री हस्तान्तरण गरेका हुन । सभापति टेकराज केसीले स्ववियु टिमले समग्र विधार्थिहरुको हकहितको निमित्त आफ्नो कार्यकाल व्यतित गर्ने बताउनुभयो । साथै क्याम्पसको भौतिक पुर्वाधारको पक्षमा मात्र नभई शिक्षाको गुणस्तरमा स्ववियू टिम निस्वार्थ भई लाग्नुपर्ने बताउनुभयो ।
नगरपालिका सँगको सहकार्यमा किशोरीहरुका निम्ति ५ सय प्याकेट सेनेटरी प्याड, समग्र प्राध्यापकहरु एवम अध्ययनरत बिधार्थीहरुका लागि २५ सय लिटर स्यानिटाईजर र २५ सय पिस माक्स क्याम्पस प्रशासनलाई उपलब्ध गरिएको छ । यसैविच स्ववियु सचिब प्रेमबहादुर विश्वकर्माले निर्वाचन समयमा विधार्थिहरु सँग गरेको प्रतिबद्वता सम्पुर्ण स्ववियु टिम मिलेर पूरा गरि देखाउने बताउनुभयो । साथै उहाँले भन्नुभयो “हामी विद्यार्थीलाई आश्वासन हैन काम देखाउने छौ “
साथमा स्ववियु टिमको नेतृत्वमा क्याम्पसको सरसफाई गरिएको छ । क्याम्पस भवन पछाडिको अजङ्ग झाडी,वुटयान कटानी एवम फोहोरको उचित व्यवस्थापन गरिएको कोषाध्यक्ष भुपेन्द्र जंग क्षेत्री ‘बादल’ ले जनखोजी डटकमलाई बताए ।