जनखोजी
देउखुरी, दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान शुरूआत गरेको छ । ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि शुरू गरेको अध्यक्ष प्रकाश विष्टले बताए ।
लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अवस्थामा राजधानी शहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका लागि अभियान शुरू गरिएको उनको भनाइ छ । ‘राजधानी पनि हाम्रै पालिकामा छ,’ उनले भने, ‘त्यसैले पालिकालाई व्यवस्थित, सभ्य र संस्कार युक्त बनाउन यो अभियान चालिएको हो ।’ पालिकाको नेतृत्वमा रहेको अभियानमा यस क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था, स्थानीय निर्वाचनका उम्मेदवार लगायतलाई समेटेर समिति बनाएको समेत उनले बताए ।
सामाजिक अराजकता रोक्नका लागि सकारात्मक सोच, चिन्तन र व्यवहारको खाँचो रहेको उनको भनाइ छ । हरेक क्षेत्रको विकास पालिका मात्रैको सम्भव नहुने जनाउँदै सबैलाई साथमा लिएर अगाडि बढेको समेत उनले बताए । पूर्वाधार विकास मात्रै नभई चेतनास्तर वृद्धिका लागि पनि अभियानले भूमिका खेल्ने अध्यक्ष विष्टको भनाइ छ ।
दाङमा ‘राप्ती निर्माण अभियान’ शुरू
दाङमा ‘राप्ती निर्माण अभियान’ शुरू
Advertisement
तपाईको प्रतिक्रिया