जनखोजी
प्युठान, पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आग्रह गरेको छ ।
पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका र स्वेच्छिक रुपमा सदस्यता त्याग गर्ने सबै सदस्यहरुलाई सम्मानसहित बिदा गर्ने र आवश्यकताअनुसार मानार्थ सदस्यता प्रदान गर्ने महासङ्घ लुम्बिनी प्रदेश समितिले बताएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा झन्डै एक हजार आठ सयजना नेपाल पत्रकार महासङ्घका साधारण सदस्य छन् ।
महासङ्घका प्रदेश महासचिव विक्रम खड्काले एक प्रेस विज्ञप्ति जारी गरी गएको पुस ८ र ९ गते सुर्खेतमा भएको साधारणसभाले बनाएको सदस्यता शुद्धिकरण समितिले प्रस्ताव गरेअनुसार लुम्बिनीमा भएको राष्ट्रिय मिडिया सम्मेलन र केन्द्रीय समितिको बैठकले पारित गरेको सदस्यता शुद्धिकरण मापदण्डअनुसार पत्रकारिता क्षेत्रमा सक्रिय नरहेका व्यक्तिहरुलाई सदस्यता त्याग गर्न आह्वान गरेका हुन् ।
पत्रकार महासङ्घका नयाँ मापदण्डअनुसार पत्रकारिता पेसामा तीन वर्षदेखि सक्रिय नरहेको, राजनीतिक दलको कुनै पनि समितिको पदाधिकारी रहेको, जनप्रतिनिधि रहेको, सरकारी तथा सेवा आयोगको स्थायी, अस्थायी र करार सेवाको कर्मचारी, मिडिया संस्थानबाहेक अन्य संस्थानका कर्मचारीको सदस्यता नवीकरण नहुने महासङ्घका महासचिव खड्काको भनाइ छ ।
मुख्य पेसा पत्रकारिताबाहेक अन्य रहेका, कहिलेकाहीँ मात्र पत्रकारिता गर्ने गैरसरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी र ६ महिनाभन्दा लामो समयदेखि विदेशमा रहेका व्यक्तिहरुको सदस्यता नवीकरण नगर्ने केन्द्रीय समितिले परिपत्र गरसकेकाले स्वेच्छिक सदस्यता त्याग गर्न आग्रह गरिएको नेपाल पत्रकार महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीको भनाइ छ ।
स्वेच्छिक सदस्यता त्याग गर्न पत्रकार महासङ्घ लुम्बिनीको आह्वान
स्वेच्छिक सदस्यता त्याग गर्न पत्रकार महासङ्घ लुम्बिनीको आह्वान
Advertisement
तपाईको प्रतिक्रिया