Advertisement
जनखोजी
प्युठान, माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशनले आधुनिक खेति र पशुपालनमा प्रणाली माण्डवी गाउँपालिकाको प्राथमिकता भएको बताए । उनले हेरक किसानले परम्परागत भन्दा आधुनिक खेती र पशुपालन प्रणाली अवलम्बन गर्नु पर्नेमा जोड दिए ।
माण्डवी गाउँपालिका–१ तिराममा एक दिने बाख्रापालन तालिमको उदघाटन कार्यक्रममा अध्यक्ष रोसनले स्वच्छ आयआर्जन बाट जीवन परिवर्तन गर्ने सकिने बताउदै ब्यवसायिक रुपले उत्पादनमा जोड दिन पर्ने जिकिर गरे ।
पशु चिकित्सक हेमराज आचार्यले सहजीकरण तथा प्रशिक्षणमा हुने तालिमको अध्यक्षता शिव बहादुर वुढाले गरेका थिए। पिपलडाडा बहुउद्देश्यीय कृषि तथा पशुपन्छी समुह माण्डवी–१ को आयोजनामा भएको तालिम सञ्चालन गरिएको हो ।