Advertisement
प्युठान, ११ जेठ(जनखोजी)ः गौमुखी गाउँपालिकाले हावाहुरीले क्षतिग्रस्त बनाएका घरधुरीलाई राहत दिने निर्णय गरेको छ । गत सोमबार राती आएको भीषण हावाहुरीका कारण पालिकाको नारिकोट,खुङ,पुजा र लिबाङ्मा घर तथा गोठहरु क्षतिग्रस्त बनाएको छ ।
सोही क्षतिको अनुगमन गरि स्थानीय बिपद व्यवस्थापन समितीले राहतस्वरुप क्षतिग्रस्त स्थानीयहरुलाई केही रकम दिने भएको छ ।
अनुगमनवाट क्षतिको आधारमा पुर्ण क्षति भएका स्थानियलाई रु १५ हजार,मध्यम क्षति भएका स्थानीयलाई रु १० हजार र सामान्य क्षती भएका स्थानीयलाई रु ५ हजार राहत स्वरुप पीडित परिवारलाई सम्बन्धित वडा कार्यालयवाट दिने निर्णय भएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताए ।