प्युठान, १४ असार(जनखोजी)ः माण्डवी गाउँपालिका जस्पुर प्यूठानको आयोजनामा १० दिने दलितहरुको सीप बिकास र परम्परागत पेशा,व्यवसाय संरक्षण तथा उद्यमशीलता प्रबर्धन कार्यक्रम सम्पन्न भएको छ । दलित समुदायको पुर्खौली पेशा आरन लोप हुन नदिन संरक्षण गर्न र परम्परागत व्यवसायलाई आधुनिकता दिन र नयाँ प्रविधिको प्रयोग गरी फलाम, तामाका भाँडा निर्माण गर्न सहज पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । असार ४ देखि सुरु भएको तालीमको प्रशिक्षक भिम वहादुर वि.क. रहेका थिए। तालिममा सहभागीहरूलाई फलामबाट बन्ने विभिन्न सामग्रीहरुको आधुनिक नयाँ प्रविधि मार्फत निर्माण गर्ने तरिकाबारे प्रशिक्षण गराईएको थियो । सहभागीहरुले हसिया, दाबु, खुकुरी लगायतका सामाग्रीहरु निर्माण गरेका थिए । यसै गरी यस अघि वडा नं १ को कार्यालयले आरन व्यवसायलाई प्रवद्र्धन र संरक्षण गर्दै पंखा जस्ता विभिन्न सामग्री वितरण गरेको थियो ।
माण्डवीमा आधुनिक आरन तालिम
माण्डवीमा आधुनिक आरन तालिम
Advertisement
तपाईको प्रतिक्रिया