• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

एमाले अध्यक्ष ओलीको ओरालो यात्राको संकेतका रुपमा लुम्बिनीमा भएको एमाले चुनाव


  •   बुधबार, भदौ २०, २०८० मा प्रकाशित
  • Advertisement

    जनखोजी
    बुटवल । एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट एउटा उपसचिवबाहेक अन्य पदमा उपाध्यक्ष विष्णु पौडेल समूह प्यानलसहित निर्वाचित भएको छ । अध्यक्ष पदमा सोही समूहका राधाकृष्ण कँडेल दुई मतले विजयी भएका छन् । कँडेलले अध्यक्ष केपी शर्मा ओलीको धाप र महासचिव शंकर पोखरेलको आडमा उम्मेदवार बनेका हरिप्रसाद रिजाललाई पराजित गरेका छन् ।

    त्यस्तै,उपाध्यक्षमा कँडेल समूहकै भोजप्रसाद श्रेष्ठ अत्यधिक मतले निर्वाचित भएका छन् । उपसचिवमाा रिजाल समूहका पूर्ण बुढामगर र महिला उपसचिवमा कँडेल समूहकी लीला रानामगर निर्वाचित भएकी छन् । राना मगर बर्दियाका दिवङ्गत एमाले नेता देव रानाकी श्रीमती हुन् । विगतमा नेता वामदेव निकट देव बर्दिया जिविसको सभापति थिए ।

    सचिव लक्ष्मण आचार्य यसअघि नै निर्विरोध भएका थिए । महासचिव पोखरेलसँग फरक मत राख्दै आएका उनी पनि दाङकै हुन् ।

    नतिजाको विश्लेषण गर्दै रुपन्देही एमालेका एक जना नेताले भने, ‘हरि रिजाल शंकर समूहको भने पनि उनी अध्यक्ष केपी शर्मा ओलीको लाइनबाट उठेका थिए । यता ओलीको धापमा शंकर मुलुकभर आफ्नो गुट बनाउँदै छन् । रिजाल त्यही घानमा पोखरेलको मान्छे भएका हुन् ।’

    अधिवशेन उद्घाटन र बन्द सत्रमा सशक्त रुपमा रिजाललाई विजयी गराउन लागिपर्नुभएका अध्यक्ष ओलीलाई बुटवलको आज बिहानको नतिजाले झस्काइदिएको बताइन्छ । यसले एमालेभित्र अध्यक्ष ओलीको ओरालो यात्रा प्रारम्भ भएको अर्थ लगाउन थालिएको छ ।

    कतिपयले पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेभित्रको राजनीतिमा सक्रिय हुने रुपमा पनि पछिल्लो अधिवेशनको परिणामलाई व्याख्या गरेका छन् । लुम्बिनीको नेतृत्व चयनमा समेत भण्डारीको अप्रत्यक्ष हात रहेको एक जना नेताले दाबी गरे ।

    एक जना उपाध्यक्षले बुटवलको मतदानलाई ‘ओली भर्सेज अर्को समूह’ को संज्ञा दिएका छन् । कतिपय प्रभावशाली भनिएका क्षेत्रीय नेताहरुलाई अध्यक्ष ओलीले सोझै फोन गर्नु र महासचिव पोखरेल चीन हिँड्नुलाई पनि काकतालीको रुपमा लिन नहुने बताइन्छ ।

    निर्वाचित पाँच पदाधिकारीमध्ये अध्यक्ष ओली निकट एक जना मात्र चयन भएका छन् । यसले पार्टीभित्रको अन्तरसंघर्ष र झगडालाई उत्कर्षमा पुर्याइदिएको स्पष्ट भएको छ । आगामी दिनमा बाँकी ६ वटै प्रदेशमा चुुनाव हुने सम्भावना बुटवल अधिवेशनले बढाइदिएको छ । ९जनआस्था०

    बुधबार, भदौ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.