शशिधर भण्डारी
युएई, प्युठान, रोल्पा र दाङको सहकार्यमा युएईमा तीज तथा दर खाने कार्यक्रम आयोजना गरिएको छ । नेपाली समय अनुसार भदौ ३१(सेप्टेम्बर १७) का दिन संयुक्त तीज तथा दर खाने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
युएइको दुवई देरा स्थित रामी रोयल स्टार होटेलको क्रुजमा दाङ देउखुरी समाज युएई, प्युठान स्वर्गद्वारी समाज युएई र अन्तर्राष्टिय रोल्पाली सेवा समाज, युएइ शाखाको संयुक्त आयोजनामा कार्यक्रम तय गरिएको प्यूठान स्वर्गद्धारी समाज युएइका प्रवक्ता सन्तोष बि.क.ले जानकारी दिए । उनका अनुसार नेपाली तीज संस्कृतिको जर्गेना र दिदिबहिनी दाजुभाइको मिलनको अवसरका लागि सो कार्यक्रम आयोजना गरिएको हो । एक दिन चल्ने कार्यक्रममा दर खाने तथा तीज गितहरुमा नाँचगान गर्ने कार्यक्रम रहेको बि.क.को भनाई छ । विदेशी भूमिमा रहेर पनि नेपाली संस्कृतिको जर्गेना हुने आयोजकले विश्वास लिएको जनाएको छ ।
प्युठान, रोल्पा र दाङको सहकार्यमा युएईमा तीज तथा दर खाने कार्यक्रम आयोजना
प्युठान, रोल्पा र दाङको सहकार्यमा युएईमा तीज तथा दर खाने कार्यक्रम आयोजना
Advertisement
तपाईको प्रतिक्रिया