जनखोजी संवाददाता
प्युठान, समुदाय -प्रहरी साझेदारी जिल्ला समिति बैठक बिहिबार सम्पन्न भएको छ । समुदाय- प्रहरी साझेदारी जिल्ला स्तरीय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख धरम जिसीको प्रमुख आथित्यतामा भएको बैठकले जिल्लामा आत्म हत्या न्युनिकरणका लागि रणनीति तय गर्ने निर्णय गरेको हो ।
बैठकमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले प्युठान जिल्लाको वर्तमान आत्महत्याको अवस्था अपराध तथ्यांक र आत्महत्या न्यूनिकरणको विषयमा प्रस्तुतीकरण गरेका थिए । बैठकले जिल्ला स्तरिय र स्थानिय तह स्तरिय मनोसामाजिक परामर्श तथा उद्दार टोलीको गठन र संरचनाको बिषयमा प्रस्तुतीकरण सहितका निर्णयहरु गरेको थापाले जानकारी दिए ।
बैठकमा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसकारी संघ संस्थाका प्रमुख तथा सरोकारवाला निकाय सहितको उपस्थिति रहेको थियो ।