– बबिता रिजाल
Advertisement
बाँच्दै बचाउँदै जिन्दगी
जाेगीँदै जाेगाउँदै अस्तित्व
तय गर्दै गर्दा जिन्दगीको यात्रा
कस्ता मान्छे भेटिन्छन् यहाँ !
खै चिन्नै नसकिने , बुझ्नै नसकिने
ओकल्छन् अनेक शैलिका विचारहरू
जुन स्विकार्य हुदैन मलाई
जसकाे प्रतिकार गर्दा सजाय ,
मैले भाेग्नुपर्छ
म झुक्नुपर्छ समाजसंग
यस्ता मान्छे भेटिन्छन् !
आैला दिदा हात निल्ने ,
गाँस दिदा छाक सिध्याउने
डर लाग्छ कतै
बाेलि चिप्लिएर शरीर सकियाे भने ,
जिन्दगी रहला कि नरहला ?