Advertisement
जनखोजी समाचारदाता
संविधान सभा सदस्य तथा माओवादी नेता नारायण प्रसाद अधिकारी मातृशोकमा परेका छन् । माण्डवी गाउँपालिका २ रातापानी निवासी अधिकारीका आमा पार्वतादेवी अधिकारीको ८० वर्षको उमेरमा मृत्यु भएको हो ।
आमाको दमका कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । पार्वतादेवी अधिकारी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायण प्रसाद अधिकारीकी आमा, जनखोजी डटकमका शुभचिन्तक तथा प्रेस सेन्टरका केन्द्रीय लेखा समितिका संयोजक तुफान अधिकारी र शुभचिन्तक माधव अधिकारीकी हजुरआमा हुनुहुन्छ । मृत्युवरण गर्नु भएकी पार्वतादेवी अधिकारीलाई जनखोजी परिवार हार्दिक श्रद्धान्जली र परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
अन्तिम दाससस्कार भोलि बिहान ८ बजे अरङ्खोलाको कालढुङगा आर्यघाटमा गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।