बबिता रिजाल कार्तिक १३, प्युठान । पाँचाैँ स्वर्गद्वारी मेयरकप २०८० अन्तर्गत आज फाइनलका खेलहरु भएका छन् ।
आज भएको खेलमा भलिबल प्रतियाेगिता तर्फ वडा नम्बर ३ ले तेश्राे स्थान हासिल गरेको छ र वडा नम्बर ४ सान्त्वना भएको छ । भाेलि प्रथम र दाेश्राे स्थानका लागि वडा नम्बर ६ र वडा नम्बर ७ भिड्नेछन् ।
यता क्रिकेट प्रतियोगिता तर्फ वडा नम्बर ४ तेश्राे र वडा नम्बर ७ सान्त्वना भएको छ भने भाेलि प्रथम र दाेश्राे स्थानकाे लागि वडा नम्बर ३ र वडा नम्बर ५ विच प्रतिस्पर्धा हुनेछ ।
यस्तै कर्मचारी , शिक्षक , जनप्रतिनिधि तथा आयोजक बिचमा पनि मैत्रीपुर्ण भलिबल प्रतियोगिता पनि सञ्चालन भईरहेका छन् । जस अन्तर्गत मैत्रीपुर्ण पुरुष भलिबल प्रतियोगिताकाे फाइनलमा भाेलि विजेता र उप विजेताकाे लागि नेपाल क्रिकेट महासंघ , प्युठान र स्वर्गद्वारी नगरपालिकाका कर्मचारीहरुकाे टिम भिड्नेछन् ।
यस्तै मैत्रीपुर्ण महिला भलिबल प्रतियोगितामा वडा नम्बर २ प्रथम भएको छ र द्वितीय वडा नम्बर ७ भएकाे छ । वडा नम्बर ६ लाई हराउदै वडा नम्बर २ र वडा नम्बर ३ लाई हराउदै वडा नम्बर ७ फाइनल प्रवेश गरेको थियो ।
स्वर्गद्वारी नगरपालिका प्यूठानको आर्थिक सहयोग र नगर खेलकुद विकास समिती स्वर्गद्वारी नगरपालिका प्यूठानको आयोजनामा पाँचौ स्वर्गद्वारी मेयरकप सञ्चालन भइरहेको छ ।