मंसिर-९,प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले शिक्षा नीति निर्माणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आज गाउँपालिकाको सभाहल देविस्थानमा सरोकारवाला सँग छ्लफल तथा सुझाव सङ्कलन गर्न अन्तरक्रिया कार्यक्रम गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सम्पुर्ण विषय वस्तु समेटिने गरि शिक्षा नीति निर्माण र कार्यान्वयनमा सरोकारवाला सबैको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो।
जनखोजी लाई जानकारी दिनुहुँदै गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले विकास र परिवर्तनको मुल संवाहक नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा नितिले सिकेको ज्ञान र सिपलाई कहाँ प्रयोगमा ल्याउने भन्ने सन्दर्भलाई स्पस्ट ढङ्गले समेट्न सक्नु पर्ने बताउनु भयो। उहाँले फरक प्रसङ्गमा वर्तमान माग,आवश्यकता र समस्यालाई समाधान गर्ने गरि शिक्षा नीति निर्माण गरिनु पर्नेमा जोड दिनु भयो।
कार्यक्रममा सामाजिक विकास डिभिजन प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपाने,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,जनप्रतिनिधि,शिक्षक,बुद्धिजीवी,शिक्षाप्रेमी,समाजसेवि,पत्रकार सरोकारवालाहरु लगायतको उपस्तिथि रहेको थियो। गाउँपालिकाले आर्थिक वर्ष २०८०र०८१का लागि उपयुक्त शिक्षा नीति निर्माण गरि कार्यान्वयनमा ल्याउन विभिन्न सरोकारवालाहरु सहितको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण शिक्षा शाखा प्रमुख तुलसी कार्कीले गर्नु भएको थियो।