• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

स्वर्गद्वारी नगरपालिकामा अन्तराष्ट्रिय अपाङ्ग दिवश मनाईयो


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • बबिता रिजाल , मंसिर १७ प्युठान । अपाङ्गता भएका व्यक्तिको ३२ औं अन्तराष्ट्रिय दिवसको अवसरमा दिवस स्वर्गद्वारी नगरपालिकामा आईतवार एक कार्यक्रम गरी मनाईएको छ । “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको एैक्यवद्धता” भन्ने राष्ट्रिय नारा सहित आईतबार स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा रहेको जेष्ठ नागरिक मिलन केन्द्र भवनमा कार्यक्रम गरिएको हो ।
    स्वर्गद्वारी नगरपालिकाको नगर स्तरिय अपाङ्गता सञ्जालको आयोजना , स्वर्गद्वारी नगरपालिका महिला बालबालिका अपाङ्गता तथा जेष्ठ नागरीक शाखाको आर्थिक सहयोग र फुलबारी एकिकृत ग्रामिण विकास संस्था नेपाल , कृषि तथा जिविकोपार्जन प्रवद्र्धन परियोजना (गोल–२) को सहकार्यमा अपाङ्गता भएका व्यक्तिको ३२ औं अन्तराष्ट्रिय दिवस मनाईएको हो ।

    Advertisement


    कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई सजिलैसँग अपाङ्गगता परिचय पत्र प्रदान गर्ने व्यवस्था गरिएको र हिडडुल गर्न नसक्ने व्यक्तिहरुलाई उनिहरुको घरदैलो मै पुगेर पनि अपाङ्गता परिचय पत्र प्रदान गर्ने गरेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि नगरपालिकाले सकेसम्मको काम गरिरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो “आवश्यकता अनुसार नगरपालिकाले अपाङ्ग व्यक्तिहरूको व्यक्तित्व तथा सामाजिक विकासको लागि कार्यक्रम गर्न नसकेपनी अझै तदारुकताको साथमा लागिरहेका छौं । ”
    यस्तै सामाजिक विकास समितिका संयोजक तथा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गिर बहादुर घर्तीले भन्दै हेलेन केलर तथा झमक कुमारीको उदाहरण दिदै अपाङ्गता भएका व्यक्तिले आफुलाई कमजो छु भन्ने नसम्झन आग्रह गर्नुभयो । “शारीरिक रूपमा केही दुर्वलता भएपनी तपाईंहरू मानसिक रूपमा बलियो हुनुहुन्छ । केही न केही प्रतिभा र क्षमता सबैसँग हुन्छ , त्यसैलाई आधार बनाएर अगाडि बढ्नु पर्छ ।” उहाँले भन्नुभयो “म कमजोरी छुँ भन्ने मानसिकतालाई मिल्काउदै अगाडि बढ्नु पर्छ । सापङ्गले सबै काम गर्छ नै भन्ने हुँदैन तर अपाङ्गले धेरै गर्न सक्छन । अपाङ्गको व्यक्तित्व विकासको लागि नगरपालिका सधै तयार छ । ”


    आईतबारको कार्यक्रममा स्वर्गद्वारी नगरपालिका भित्रका अपाङ्ग भएका ९ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री तथा अपाङ्ग भएर पनि कृषि तथा पशुपालनका क्षेत्रमा प्रगती गर्दै आएका व्यक्तिहरुलाई कृषि सामाग्रीहरु वितरण गरिएको छ ।


    सन् १९९२ देखी संसारभरि अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।
    स्वर्गद्वारी नगरपालिकाको नगर स्तरिय अपाङ्गता समितीका अध्यक्ष दधिराम शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना र विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल हुनुहुन्थ्यो भने ९ वटै वडाका वडा अध्यक्ष , महिला बालबालिका अपाङ्गता तथा जेष्ठ नागरीक शाखा प्रमुख निमा डाँगी , फुलबारी एकिकृत ग्रामिण विकास संस्था (आड्रा) नेपाल , कृषि तथा जिविकोपार्जन प्रवद्र्धन परियोजना (गोल–२) का स्वर्गद्वारी नगर संयोजक मोहन सुवेदी , आड्रा नेपालका कार्यक्रम अधिकृत पुर्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

     

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.