जनखोजी संवाददाता
देउखुरी, लुम्बिनी प्रदेश सरकारको पर्यटन तथा यातायात व्यवस्था मन्त्रीमा सरोज थापा(रोज राणा) र र खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री कृष्ण केसी(नमुना) मन्त्रीमा सिफारिस भएका छन् । गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले कांग्रेसबाट प्युठानका सांसद थापा र माओवादीबाट बाँकेकी सांसद केसीलाई मन्त्री बनाउने टुंगो लागेको बताए ।
उनका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् ।
Advertisement