(प्युठान), १६ पुस: बालविबाह न्यूनीकरण गर्न ऐरावती गाउँपालिकाले नयाँ रणनीति अपनाउने भएको छ । आज भएको १४ ओैं गाउँ सभाले बालविवाह न्यूनिकरणका लागी बालविवाह भएको वा हुने जानकारी दिनेलाई २५ हजार रुपैया नगद पुरस्कार दिने निर्णय गरेको ऐरावती गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिनु भयाे ।
प्युठान लुम्बिनी प्रदेशमा सबैभन्दा बढी बालविवाह हुने जिल्लाकाे रूपमा चिनिन्छ । बालविवाह न्यूनीकरणका लागि ऐरावती गाउँपालिकाले साे कदम चालेकाे हाे । शाहले बालविवाह न्यूनीकरणका लागि गाउँ सभाले विविध कार्यक्रम गर्ने निर्णय भएको बताउनुभयो । अध्यक्ष शाहले भन्नुभयो, ” याे कार्यक्रमले बालविवाह राकथाम तथा न्यूनीकरणमा सघाउ पुग्नेछ, नाम गाेप्य हुने हुँदा ढुक्कसँग सूचना दिन सकिन्छ ।”
गाउँ पालिकामा बालविवाह भैरहेकाे छ वा बालविवाह हुने पक्का भएको आधिकारिक सूचना गाउँपालिका , जनप्रतिनिधि वा नजिककाे प्रहरी कार्यालयलाई सूचना उपलब्ध गराउनेले रू २५ हजार पुरस्कार पाउनेछ ।
बालविवाहकाे सूचना दिनेलाई रू २५ हजार
बालविवाहकाे सूचना दिनेलाई रू २५ हजार
![](https://janakhoji.com/wp-content/uploads/2024/01/Screenshot_20240101-210658_Messenger-604x270.jpg)
Advertisement
तपाईको प्रतिक्रिया