केशर सुनार,प्युठान।प्युठानको प्युठान नगरपालिका-४ जुम्रीमा नवजात बच्चा फेला परेको छ । बुधबार बिहान ६:४० बजेको समयमा बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
Advertisement
प्रहरी बच्चा भेटिएको स्थानमा पुग्दा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेर छोडेको अवस्थामा बच्चाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले बताएका छन् ।शिशु बालिका रहेको उनले बताए।
उनले भने ‘बुधबार बिहान जीवितै भेटिएको बच्चा जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको लागि राखिएको छ।’ बच्चा कसले जन्माएर राखेको हो भन्ने नखुलेपछी घटनाको थप अनुसन्धान भैरहेको सूचना अधिकारी खनालले जनाएका छन् ।
बच्चा जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा रहेको जस्ताको छाप्रोमा राखिएको थियो ।