केशर सुनार,बिजुवार।गौमुखी गाउँपालिका वडा नं-५ खुङ्ले ५० प्रतिशत अनुदानमा किबिका बिरुवा वितरण गर्ने भएको छ।वडाले बुधबार अनुदानको सूचना प्रकाशित गर्दै कृषिमा वडालाई आत्मनिर्भर बनाउनको निम्ति किसानलाई प्रोत्साहन गर्ने हेतुका साथ बिरुवा वितरण गरिने उल्लेख गरेको छ।
वडाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत रहेकोले ५० प्रतिशत अनुदानमा किबिका बिरुवा वितरण गर्न लागिएको वडाध्यक्ष वरुणध्वज मल्लले बताएका छन।
साथै वडाध्यक्ष मल्लले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात माघ २३ गतेभित्रमा वडाका किसानहरुले सूचनामा आवश्यक कागजातअनुसार वडा कार्यालयमा निवेदन गर्न आग्रह गरेका छन।
गौमुखी गाउँपालिका अन्तर्गत रहेको यस ५ नं वडा कार्यालयले किसानहरुको उत्पादनलाई उचित बजार व्यवस्थापनको लागि वडामै हाटबजार सन्चालन गर्दै आईरहेको छ।
Advertisement