• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

बाल मनोविज्ञानमा आधारित ‘किबोर्ड’को विशेष प्रदर्शनी


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • बाबाआमा बीचको सम्बन्ध विच्छेदले बालबालिकामा पार्ने प्रभावलाई बालचलचित्रका माध्यमबाट उजागर गर्ने प्रयास गरेको फिल्मका लेखक विजयराज आचार्य बताउँछन्।

    Advertisement
    काठमाडौँ— आचार्य गोपाल निर्देशित बाल मनोविज्ञानमा आधारित सर्ट (लघु) फिल्म ‘किबोर्ड’को विशेष प्रदर्शनी भएको छ। क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको उक्त फिल्मको प्रज्ञा प्रतिष्ठानमा बालपुस्तक प्रदर्शनी – २०८० का क्रममा प्रदर्शनी भएको हो।

    किबोर्डमा अभिभावकको सम्बन्ध विच्छेद हुँदा बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई रचनात्मक ढंगबाट प्रस्तुत गरिएको छ। प्रमुख पात्र जियान संगीतमा रुचि राख्छन्। उनी विद्यालयमा हुने गायन प्रतिस्पर्धामा भाग लिन्छन्। निरन्तर संगीत सिक्छन्। किबोर्डसँगै रमाउँछन्। तर, घरमा हुने बाबाआमाको बेमेलले उनी विचलित भएका हुन्छन्।

    अभिभावकको खटपटले संगीतमा विलक्षण प्रतिभा भएका जियानको मस्तिष्कमा नकारात्मक प्रभाव पार्न थाल्छ। त्यसपछि उनको सांगीतिक जीवन कसरी अगाडि बढ्छ? निर्देशक आचार्यले फिल्ममा रचनात्मक ढंगबाट प्रस्तुत गरेका छन्। यस फिल्मलाई अब अन्तर्राष्ट्रिय फिल्म महोत्सव र स्कुलहरूमा प्रदर्शन गर्नेसमेत निर्देशक आचार्यले बताए।

    “मेरा फिल्ममा सामाजिक जीवनका ससाना आयामहरू समेटिन्छन्। सामाजिक परिघटनाले कथा लेख्न र फिल्ममार्फत भन्नलाई प्रेरित गर्छन्,” निर्देशक आचार्यले भने। उनले सामाजिक कथालाई अरू निर्देशकले भन्दा भिन्न तरिकाले भन्न रुचाउने बताउँछन्। किबोर्ड पनि जियानको मनोविज्ञानलाई दर्शकले अनुभूति गर्न सक्ने गरी निर्माण गरेको आचार्यले उल्लेख गरे।

    बाबाआमा बीचको सम्बन्ध विच्छेदले बालबालिकामा पार्ने प्रभावलाई बालचलचित्रका माध्यमबाट उजागर गर्ने प्रयास गरेको फिल्मका लेखक विजयराज आचार्य बताउँछन्। क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको फिल्म सन्देश आचार्य र कौशल कुमार भट्टराईले निर्माण गरेका हुन्। आफू शैक्षिक अभियन्ता भएकाले पनि कथाबाट प्रभावित भएर फिल्म निर्माण गरेको सन्देश आचार्यले बताए। उनले यस्ता चेतनामूलक फिल्म अझै धेरै बन्नुपर्ने उल्लेख गरे।

    अधिकांश दर्शकले बालबालिकाको मनोविज्ञानलाई फिल्मले मनछुने ढंगबाट प्रस्तुत गरेको र यस्तो फिल्मको पहिलो पटक अनुभव गर्ने मौका पाएको प्रतिक्रिया दिएका छन्। फिल्म हेरेपछि बालसाहित्यकार तथा गीतकार रामबाबु सुवेदीले सिनेमाका माध्यमबाट बालकथालाई बाहिर ल्याउँदा नेपाली बालसाहित्यका निम्ति ठूलो योगदान पुग्ने भनाइ राखे।

    फिल्ममा आलोक चौरेली, कृष्ण भक्त महर्जन र रश्मि भट्टको मुख्य अभिनय रहेको छ। फिल्मलाई सुजय गौतमको छायांकन, दिवस धितालको सम्पादन, टेकेन्द्र नेपालीको संगीत, भरत कँडेलको साउन्ड डिजाइन, भीष्म जोशीको कास्टिङ, आशुका अर्याल सह–निर्देशन, धीरज अधिकारीको लोकेसन साउन्ड र सरोज खडका प्रडक्सन म्यानेजर रहेका छन्।

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.