केशर सुनार
माघ २२,प्युठान।स्वर्गद्वारी बहुमुखी क्याम्पसले संस्थापक क्याम्पस प्रमुखको जन्म स्मृतिमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।अतिरिक्त क्रियाकलाप विभाग स्वर्गद्वारी बहुमुखी क्याम्पसको आयोजनामा सोमबार एक कार्यक्रमका बीच संस्थापक क्याम्पस प्रमुख स्वर्गीय मुख्यनाथ तिवारीको २७ औं स्मृति दिवस हाजिरीजवाफ प्रतियोगिता गरि सम्पन्न गरेको छ।
हाजिरीजवाफ प्रतियोगितामा ६ वटा समूहबिच प्रतिस्पर्धा भएको थियो।प्रतिस्पर्धी ६ समूह मध्य टोपेन्द्र बस्नेतको समूह ‘याफ्’ प्रथम,मनिष सिं खत्रीको समूह ‘ए’ द्वितीय र राम कुमार नेपालीको समूह ‘सी’ ले तृतीय स्थान हासिल गर्न सफल भएको छ।विजयी हुने प्रतियोगीले क्रमश: रु २ हजार,१५ सय र १ हजार रुपैया पुरस्कार प्राप्त गरेको अतिरिक्त क्रियाकलाप विभागकी संयोजक बिमला खनालले बताउनुभयो।

तिवारीको तस्वीरमा माल्यार्पण गर्दै क्याम्पस प्रमुख गुन्ज खड्का
क्याम्पस प्रमुख गुन्जबहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु,स्ववियु पदाधिकारीहरु,एवम् ५० बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण भने प्राध्यापक डा.ओमहरी भट्टराईले गर्नुभएको थियो।

संस्थापक क्याम्पस प्रमुख स्व.मुख्यनाथ तिवारीको तस्वीर
को हुन् मुख्यनाथ तिवारी? (संक्षिप्तमा)
संस्थापक तिवारीको २७ औं स्मृति दिवसमा सहायक क्याम्पस प्रमुख रामप्रसाद शर्माले तिवारीको जीवनी प्रष्ट पार्नुभएको थियो। भारतमा जन्मिएका शैक्षिक व्यक्ती तिवारी सर्वप्रथम २०१५ मा जनता मावी बाग्दुलामा आएर शिक्षण कार्यको सुभारम्भ गर्नुभएको थियो।२०३७ मा क्याम्पस स्थापना भएदेखी २०५३ सम्म अध्यापन गराउनुभएको थियो।२०५३ सालमा मृत्युु भएका तिवारीको स्थायी ठेगाना प्युठान नगरपालिका-८ दम्ती प्युठानमा रहेको छ।उहाँको ३ छोरा र ३ छोरी रहेका छन् ।तिवारी प्युठानका हरेक पुस्ताले सम्झिने अमर व्यक्ती हुन्।
तस्वीरहरु हेर्नुहोस: