बबिता रिजाल , माघ २७ प्युठान । स्वर्गद्वारी नगरपालिकामा `पढ्दै कमाउदै´ कार्यक्रम सम्बन्धमा सामुदायिक विद्यालयका प्रधानाध्यापक , विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा जनप्रतिनिधिहरुकाे लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा जनज्योति माध्यमिक विद्यालय सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देल प्रशिक्षक हुनुहुन्थ्यो । सिग्देलले कार्यक्रममा नेपाल सरकारले पढ्दै कमाउदै कार्यक्रम लागू गरेका २४० वटा विद्यालयहरु , ती विद्यालयका विद्यार्थीकाे प्रगति र बालबालिकालाई पढ्दै कमाउदै गर्नतर्फ आकर्षित गर्ने विभिन्न उपायहरु साथै उदाहरणहरु प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रम स्वर्गद्वारी नगरपालिकाकाे आयाेजनामा गरिएको हाे । शनिबार स्वर्गद्वारी नगरपालिका ५ सारी सामुदायिक भवनमा स्वर्गद्वारी नगरपालिका ५ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका अध्यक्ष गिर बहादुर घर्ती मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हाे ।Advertisement
सारीमा `पढ्दै कमाउदै´ अभिमुखिकरण कार्यक्रम
सारीमा `पढ्दै कमाउदै´ अभिमुखिकरण कार्यक्रम

तपाईको प्रतिक्रिया