प्युठान, ७ फागुनः नौबहिनी गाउँपालिका–८ फोप्लीमा सोमबार सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरबाट ५०७ जना लाभान्वित भएका छन् । नौबहिनी गाउँपालिकाको आयोजना र प्युठान अस्पतालको प्राविधिक सहयोगमा सोमबार सञ्चालन भएको हो ।
शिविरमा दन्त सेवा, गर्भवती महिलाको भिडियो एक्सरेमार्फत जाँच, पाठेघर मुखको क्यान्सर परिक्षण, हाडजोर्र्नी तथा नसारोग, जनरल सेवा लगायतको सेवा निःशुल्क प्रदान गरिएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो । गाउँका ६६ जना दन्त सेवा, ५६ महिला गर्भ जाँच सेवा, १ सय २९ जना महिलाले स्त्रीरोग सेवा, ९१ जना महिलाले मुखमा क्यान्सरको जाँच सेवा र अन्यले जनरल फिजिसियन सेवा प्राप्त गरेका हुन् । पौडेलका अनुसार पालिकाको बिकट वडा र बिरामीको अवस्थालाई मध्यनजर गर्दै फोप्लीमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
शिविरमा प्यूठान अस्पतालबाट ६ जना बिशेषज्ञहरु हार्डजोर्नी तथा नसारोग विशेषज्ञ डा.राजेन्द्र पौडेल, मेडिकल अधिकृत डा.अमिर काफ्ले, मेडिकल अधिकृत डा.अकेश श्रेष्ठ, मेडिकल अधिकृत तथा गाइनो तर्फ डा. करणा थापा, मेडिकल अधिकृत डा.पौडस शर्मा, स्टाफ नर्स डा.सीता मिश्र र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीहरुले सेवा दिएका हुन् । शिविरबाट केही शल्यक्रिया गर्नुपर्ने विरामी देखिएकाले आवश्यकता अनुसार रेफर गरिएको जिल्ला अस्पताल प्युठानका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
गाउँमै बिशेषज्ञ सेवा सहितको शिविर आयोजना गर्दा र लाभ लिन पाउँदा स्थानियले खुसी व्यक्त गरेकाछन् ।
फोप्लीमा निःशुल्क स्वास्थ्य शिविर, ५०७ जना लाभान्वित
फोप्लीमा निःशुल्क स्वास्थ्य शिविर, ५०७ जना लाभान्वित
Advertisement
तपाईको प्रतिक्रिया