बबिता रिजाल , फागुन १४ प्युठान । स्वर्गद्वारी नगरपालिका–१ मा आयोडिनको कमीबाट हुनसक्ने विकृतिहरुको निवारण विषयक एक दिने जनचेतनामुलक कार्यक्रम गरिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको आयोजनामा आयोडिन महिना(फेब्रुवरी) २०२४ को महिनाव्यापी जनचेतना कार्यक्रम अन्तर्गत सोमबार स्वर्गद्वारी नगरपालिका वडा नं. १ कोचिवाङ्गमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनत विद्यार्थिहरुलाई स्कुल व्याग , आयोडिन नुन , टिसर्ट , जुस , विस्कुट लगाएतका सामग्री वितरण गरिएको हो । “थोरै खाऔँ , सहि मात्रामा खाऔँ” , “दुई बालबालिकाको चिन्ह अंकित आयोडिन युक्त नुन नै खाऔँ” भन्ने नाराका साथ साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडले फेब्रुवरी महिनाव्यापी जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सोमबारको कार्यक्रममा ने.रा.मा.वि. कोचिवाङ्गका २०० विद्यार्थिलाई झोला सहित र बाँकि सम्पुर्ण विद्यार्थिलाई आयोडिन युक्त नुन , विस्कुट , जुुस लगाएतका सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको केन्द्रिय कार्यालयका प्रबन्धक कृष्ण कुमार शाक्यले आयोडिन युक्त नुन खाँदा बालबालिकाको शारिरिक तथा मानसिक विकास राम्रो हुने बताउनु भयो । साथै उहाँले आयोडिनको कमिबाट मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने लाटो÷लठ्यौरोपन् , गलगाँड , सुस्त मनस्थिती लगायतका समस्याको व्याख्या गर्दै दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन नै प्रयोग गर्नुपर्ने जनचेतना फैलाउन विद्यार्थिलाई आयो नुन र आयाडिन नुनको प्याकेटको चित्र सहितको झोला वितरण गरिएको जिकिर गर्नुभयो ।
सोहि कार्यक्रममा बोल्दै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारीले आयेडिन युक्त नुनको प्रयोग बढाउनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडले गरेको सोमबारको उदाहरणीय कार्यक्रम प्रति धन्यावाद व्यक्त गर्नुभयो । साथै उहाँले मानिस स्वस्थ रहन तथा गर्भवति महिलाले स्वस्थ शिशुलाई जन्म दिन दुई बालबालिकाको चित्र अंकित प्याकेटको आयाडिन युक्त नुन खानु अत्यावश्यक रहेको कुरा औँल्याउनुभयो ।
यस्तै स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले पनि मानिसको शरिरमा आयोडिनको कमिले सामान्य देखि जटिल सम्मका विभिन्न समस्याहरु देखापर्ने भएकाले आफु र आफ्नो भावि पुस्ताको स्वस्थ जिवनको लागि आयोडिन युक्त नुन नै खानुपर्ने बताउनुभयो । फरक प्रसंङ्गमा बोल्दै उपप्रमुख रानाले स्वर्गद्वारी नगरपालिका वडा नं. १ कोचिवाङ्गमा रहेको कोचिवाङ्ग स्वास्थ्य चौकिको भवन निर्माण कार्यलाई प्राथमिकता दिने साथै कोचिवाङ्गकै नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको कक्षा ८ को परिक्षा व्यवस्थापनको सन्दर्भमा नगरपालिकाले छिटै सहजिकरण गर्न पहल गर्ने कुरा पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा ने.रा.मा.वि. कोचिवाङ्गका प्रधानाध्यापक विशाल पौडेलले विद्यालयको खानेपानि , सौचालय , विद्यालयको भवन स्तरोन्नत्ति तथा रंगरोगन , बालमैत्री विद्यालय घेराबार निमार्ण सहितको मागपत्र स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारी समक्ष पेश गर्नुभयो ।
कार्यक्रममा बोल्ने सबै वक्ताले ओयोडिन युक्त नुनको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिनुभयो । ने.रा.मा.वि. कोचिवाङ्गका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद जैसीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारी , विशिष्ट अतिथि स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगर , साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको केन्द्रिय कार्यालयका प्रबन्धक कृष्ण कुमार शाक्य हुनुहुन्थ्यो भने साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाका सहायक प्रबन्धक देवराज भट्टराई , शाखा कार्यालय दाङका शाखा प्रमुख राम बाबु गुप्ता , प्युठान र रोल्पाका लागि आधिकारीक बिक्रेता राजकुमार श्रेष्ठ , स्वर्गद्वारी नगरपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता सुरज संगम सुनार , वडा नं १ कोचिवाङ्गका वडा अध्यक्ष मेघराज घर्ति , वडा सदस्य , विद्यार्थि , शिक्षक , पत्रकार , समाजसेवि , स्थानिय लगाएतको उपस्थिती रहेको थियो ।