• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

ओखरकोटकोे आयश्रोत बन्दै बास


  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
  • शशिधर भण्डारी
    प्युठान, २६ फागुनः गाउँघरमा बासँलाई घर कालो हुने भन्दै बाल्न समेत प्रयोग गरिदैन । घरघरमा टिनको छाना हुन थालेपछि बास प्रयोग विहिन थियो । तर ग्रामीण समुदायको मुख्य आयश्रोत बास बन्न पुगेको छ ।
    झिमरुक गाउँपालिका–५ ओखरकोट नयपोखराका किसानहरुले सीपमूलक तालिम सिकेर बासलाई आम्दानीको श्रोत बनाउन सफल भएका हुन् । बासबाट डोको, ह्याङ्गर, मोवाइल स्ट्याण्ड, डाली, टेलव, बेन्च, सोफा, कुर्सी, आस्ट्रे, फोटो फ्रेम लगायतका सामग्री बनाउने गरेको उद्यमी आशा जि.सीे.ले बताउनु भयो ।
    गाउँमा किसानहरुले बास बिक्री र सिपमूलक तालिम लिएकाहरुले उत्पादित वस्तुबाट आम्दानी गरिरहेका छन् । लुम्बिनी प्रदेश सरकारको सर्सत अनुदानमा झिमरुक गाउँपालिकाको सहयोगमा ओखरकोट चोयाचित्रा उद्योग सञ्चालन गरिएको हो । सो उद्योगबाट आफु सहित ८ जनाले नियमित रोजगार पाइरहेको जि.सी.ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘बिहान बेलुका घरको नियमित काम पनि भइरहेको छ, दिउसोको समयमा उद्योगमा रोजगारी पाउँदा दैनिकी फेरिएकोमा खुशी छु ।’ गाउँमा खेर गएको बासलाई प्रयोग गरी बस्तु उत्पादन हुने भएपछि गाउँमै आम्दानीको श्रोत खुलेको जि.सी.को भनाइ छ ।
    विगतमा धरधन्दा र मेलापातमा मात्रै सीमित भएको तर आत्मनिर्भर बन्न थालेकोमा ओखरकोटका महिलाहरु खुशी छन् । एक वर्ष अघि घरायसी खर्चका लागि ५ रुपैँया पनि पुरुषसँग माग्नु पथ्र्यो । मोवाइल रिचार्ज, अन्य खर्चहरुको लागि पैसाका लागि परिवारका पुरुषसँग माग्नुपर्ने बाध्यता हटेकोमा सर्मिला थापाले खुशी व्यक्त गर्नुभयो । थापा सहित उद्योगमा हाल ८ जना महिला प्रत्यक्ष रोजगारी पाउनु भएको छ । थापाका अनुसार सीपमूलक तालिममा १५ जना उपस्थित भएको मध्ये उद्योगमा उपस्थित बाहेक अन्य ७ जनाले घरमै बाँसका सामग्री निर्माण गरिरहेका छन् ।
    उद्योग सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारले आ.व. २०७९÷०८० मा रु ८ लाख अनुदान दिएको थियो । औजार, सीपमुलक तालिम, भवन निर्माणको सुरुवात, कच्चा पदार्थ खरिद गरी बस्तु निर्माणको भइरहेको उद्योगका अध्यक्ष प्रदिप जि.सी.ले बताउनुभयो । सरकारले आ.व. २०८०÷०८१ मा समेत रु १० लाख वजेट उपलब्ध गराउने भएको छ । सो अनुदानले उद्यमीहरुको भवन निर्माण सम्पन्न हुने, थप सामग्रीको निर्माणमा सहयोग पुग्नेछ । अध्यक्ष जि.सी.का अनुसार सीप सिकेकाहरुले उद्योग र घरमा समेत आफै सागम्री उत्पादन गरिरहेका छन् । देशका मुख्य शहर काठमाण्डौं, बुटवल, जिल्ला तथा छिमेकी जिल्लाका सरकारी कार्यालयमा खपत भइरहेको छ ।

    Advertisement

    सीप, श्रम, उत्पादन र बजारीकरणलाई जोड्ने गरी उद्यमशिलता प्रवद्र्धन कार्यक्रममा झिमरुक गाउँपालिकाले महत्वका साथ हेरेको झिमरुक गाउँपालिकाले पालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । उहाँले चोयाचित्राका सामग्रीको बजारीकरणको लागी अन्तरस्थानीय तह बजारीकरण रणनीति बनाएर सहयोग गर्ने विषयमा गाउँपालिकाले तयारी गरेको जानकारी दिनुभयो ।

    शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.