• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकले स्नातकमा निःशुल्क शिक्षा दिँदा क्याम्पस पढ्ने बढे


  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित
  • शशिधर भण्डारी

    Advertisement

    प्युठान,३ चैत(जनखोजी)ः झिमरुक गाउँपालिकाले स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढेको छ । झिमरुक गाउँपालिका–५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई शिक्षा र भर्ना शुल्कमा छुट दिएपछि विद्यार्थीको सङ्ख्या बृद्धि भएको क्याम्पसले जनाएको छ ।
    गत वर्ष क्याम्पसको पहिलो वर्षमा भर्ना भएका विद्यार्थीको सङख्या ५३ रहेकोमा यस वर्ष वृद्धि भइ १४५ जना पुगेको गौमुखी क्याम्पसका क्याम्पस प्रमुख शेर बहादुर जि.सी.ले जानकारी दिनुभयो । झिमरुक गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत गौमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने निति तथा कार्यक्रम लिएको थियो । सो कार्यक्रमले क्याम्पसमा स्नातक अध्ययन गर्न विद्यार्थीहरुलाई आकर्षित गरेको क्याम्पस प्रमुख जि.सी.ले बताउनु भयो ।
    क्याम्पस प्रमुख जि.सी.का अनुसार विद्यार्थीले प्रथम वर्षमा रु ३ हजार ५५०, दोश्रो र तेश्रो वर्षमा रु ३ हजार र चौथो वर्षमा रु २ हजार ५०० भर्ना शुल्क र मासिक रु ८ सयका दरले शिक्षा शुल्क बुझाउनु पर्दथ्यो । झिमरुक गाउँपालिकाको सहयोग पछि सो शुल्क पूर्ण रुपमा छुट गरिएको छ । क्याम्पसले भने फर्निचर र व्यवस्थापन भन्दै वार्षिक रु १ हजार रुपैया लिने गरेको छ । क्याम्पस प्रमुख जि.सीले भन्नुभयो,‘व्यवस्थापन र प्रयोगात्मक परिक्षा शुल्क विद्यार्थीले व्यहोर्नुपर्ने भएपनि भर्ना र शिक्षा शुल्क पूर्ण रुपमा छुट हुँदा विद्यार्थी राहत पुगेको छ ।’ २०६३ सालमा स्थापित गौमुखी क्याम्पसमा शिक्षा र व्यवस्थापन संकाय अन्तगतका विषयमा पढाइ हुन्छ ।
    क्याम्पसभर जम्मा २ सय ७० जना विद्यार्थी रहेका छन् । निःशुल्क शिक्षाले महिलाहरुलाई उच्च शिक्षाको पहुँचमा ल्याउन थालेको छ । पहिलो वर्षमा भर्ना भएका एक सय ४५ जना विद्यार्थी मध्ये एक सय ३० जना छात्रा रहेको क्याम्पसको तथ्यांक छ । प्रथम वर्षको रजिष्टेशन शुरु नभएकोले विद्यार्थी सङ्ख्या अझै वृद्धि भइ १ सय ७० जनाको अनुमान गरिएको जि.सी.को भनाइछ ।
    यस वर्षपछि वृद्धि हुन थालेपछि क्याम्पस सञ्चालनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । आयश्रोत विहिन वस्तीमा निःशुल्क पठनपाठनले विद्यार्थीलाई सहज र पहुँच वृद्धि गरिदिएको झिमरुक गाउँपालिका–५ ओखरकोटका स्थानीय दल बहादुर जि.सी.ले बताउनु भयो ।
    झिमरुक गाउँपालिकाले स्नातक तहमा निःशुल्क शिक्षाका लागि गत आर्थिक वर्षमा रु २५ लाख वजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । क्याम्पसलाई वर्षेनी अनुदान दिँदै आइरहेको भएपनि यस वर्षबाट गाउँपालिकाले स्नातक सम्मको शिक्षा निःशुल्क गर्ने योजना अनुसार वजेट व्यवस्था गरेको उहाँले बताउनुभयो ।
    गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० मा रु २५ लाख र आर्थिक वर्ष २०८०।०८१ रु २५ लाख उपलब्ध गराइसकेको छ । विद्यार्थी सङ्ख्या अनुसार थप व्यवस्था मिलाउने गाउँपालिकाको योजना रहेको छ । गौमुखी क्याम्पसमा अध्ययन गर्ने जुनसुकै पालिकाका विद्यार्थीको हकमा निःशुल्क हुने अध्यक्ष महतराको भनाइछ ।
    झिमरुक गाउँपालिकाले यस वर्ष देखि माध्यामिक तहसम्म निःशुल्क शिक्षा अन्तरगत दरवन्दी मिलान गर्ने भएको छ । अध्यक्ष महतराका अनुसार यस वर्ष पालिकाका सबै विद्यालयमा दरवन्दी मिलान गर्ने झिमरुक गाउँपालिकाको निती रहेको छ ।

    शनिबार, चैत ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.