बबिता रिजाल, फागुन ४ प्युठान । स्वर्गद्वारी नगरपालिका वडा नं. ३ को कार्यालयले आफ्नो आर्थिक बर्ष २०८०÷०८१ को विकास निर्माण एवं सेवा प्रवाह सम्बन्धमा वडा कार्यालयको अर्धबार्षिक समिक्षा , सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । आईतबार स्वर्गद्वारी नगरपालिका ३ नं वडा कार्यालयको सभाहल जलुकेमा अर्धबार्षिक समिक्षा , सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम गरिएको हो ।
यस्तै कार्यक्रममा सहभागीहरुले वडाको विकास निर्माण तथा सेवा प्रवाहका विषयमा उठाएका विभिन्न सवालहरु को वडा अध्यक्ष अध्यक्ष कृष्ण बहादुर रोकाय तथा सरोकारवालाहरुले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा स्वर्गद्वारी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण बहादुर रोकायले वडामा चालु आर्थिक बर्ष २०८०÷०८१ को हालसम्मका सम्पुर्ण योजनाहरुको समिक्षा गर्नुभयो । उहाँले आर्थिक बर्ष २०८०÷०८१ मा ३ नं वडा कार्यालयले भौतिक पुर्वाधार विकास तर्फ ४१ दशमलब २३ प्रतिशत तथा कार्यक्रम तर्फको प्रगति ८७ दशमलब १८ प्रतिशत रहेको बताउनु भयो ।