• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

माओवादीले बुझायो गाउँपालिकालाई ध्यानाकर्षण पत्र


  •   सोमबार, चैत ०५, २०८० मा प्रकाशित
  • प्युठान, ५ चैत (जनखोजी)।नेकपा(माओवादी केन्द्र)गौमुखी गाउँपालिका समितिले गौमुखी गाउँपालिका कार्यालय लिवासे प्युठानलाई ध्यानाकर्षण पत्र पेस गरेको छ।सोमबार पालिकामा उपस्थित भई पार्टी समितिका प्रदेश प्रतिनिधि थमलाल गुरुङ,पार्टी समितिका का.बा अध्यक्ष बैकुण्ठ केसी,सचीव रमेश राना,४ नं वडा समितिका अध्यक्ष विष्णु सुनार,वाईसिएल का.बा अध्यक्ष भरत सुनार लगायतका पदाधिकारी हरुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।सुशासन,पारदर्शिता र जनजीविकाको सवालमा गौमुखी गाउँपालिकाको गम्भीर ध्यानाकर्षण गराउँदै नेकपा(माओवादी केन्द्र) गौमुखी गाउँपालिका समितीको तर्फ बाट ध्यानाकर्षण पत्र पेश गरिएको पार्टी समितिका सचीव रमेश रानाले बताउनुभयो।
    पार्टी समितिले गाउँपालिकामा १६ बुँदे माग प्रस्तुत गरेको छ।
    नेकपा(माओवादी केन्द्र)गौमुखी गाउँपालिका समितिले प्रस्तुत गरेको १६ बुँदे माग।
    तपशिल

    Advertisement

    १. गाउँपालिकाले खरिद गरेका विभिन्न सरकारी गाडीको प्रभावकारी सञ्चालन र प्रयोगका लागि कार्यालय समयभन्दा अन्य समयमा गाउँपालिकाका सरकारी गाडीहरू दुरुपयोग नहुने गरी सरकारी गाडी सञ्चालन र प्रयोगको कार्यविधि निर्माण गरी लागु गरियोस् । कर्मचारीहरूमा विभेद उत्पन्न हुने गरी अनावश्यक गाडी व्यवस्थापन तथा खरिद नगरियोस् ।
    २  गौमुखी गाउपालिकाको बेरुजु करोडौको आकारमा निरन्तर बढिरहेको छ तर गाउपालिकाले बेरुजु फर्छ्यौट गर्ने,घटाउने र रोक्ने कुरामा कुनै चासो र चिन्ता नगरेको देखिन्छ त्यसैले यस सम्बन्धमा अबिलम्ब गम्भिरतापुर्वक काम गरियोस ।
    ३ लोकसेवा आयोग बाट सिफारिस भइ  आएका कर्मचारीहरुलाई महिनौ सम्म जिम्मेवारीविहिन गराएको देखिएको छ । त्यसैले स्थायी कर्मचारीहरुलाई कानुन र मापदण्डका आधारमा घोषित जिम्मेवारी दिएर गाउपालिकाका कामहरुलाई व्यबस्थित गराइ सेवाप्रबाह लाई चुस्तदुरुस्त बनाइयोस ।
    ४ अख्तियार दुरुपयोग अनुसन्धान आयोग,महालेखापरिक्षकको कार्यालय लगायतका निकायहरुले दिएको निर्देशन र सुझावहरुलाई कडाईपुर्वक कार्यान्वयन गरियोस ।
    ५. विद्यालयमा शिक्षक तथा गाउँपालिका भित्र कर्मचारी नियुक्ति गर्दा सक्षम व्यक्तिको प्रवेश हुने गरी छनोट कार्यविधि र सम्बन्धित विज्ञको टिम निर्माण गरी सिफरिस तथा नियुक्ति गरियोस् ।
    ६. गाउँपालिका अन्तर्गतका विभिन्न शाखा र वडामा निर्धारित दरबन्दी भन्दा बढी कुनै पनि व्यक्तिलाई नियमित काज तथा नियुक्तिमा नराखी निजहरूको दरबन्दी भएको ठाउँमा खटाइयोस् ।
    ७. अनावश्यक चालू खर्चलाई कटौती गरी विकास खर्चमा बजेट सदुपयोग गरियोस् ।
    ८. कार्यालयमा जुन कार्य गर्न नियुक्ति हो सोही काम गर्दा वैठक वा अन्य नाममा अनावश्यक बाँडिने भत्ता र रकम खारेज गरियोस् ।
     ९. शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका विषयगत क्षेत्रहरूको विकासमा दक्ष जनशक्ति व्यवस्थापन तथा परिचालन गरी जनताको जीवनस्तर परिवर्तनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन निती, नियम तथा कार्ययोजना निर्माण गरी कार्य गरियोस् ।
    १०. गाउँपालिकाका गौरवका आयोजना तथा अन्य महत्वपूर्ण कार्य सञ्चालन गर्दा सर्बपक्षीय बैठक तथा परामर्श गरी कार्य गरियोस् ।
    ११. हरेक नागरिकलाई विभिन्न सिप सिकाइ सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग जोड्ने कार्ययोजना निर्माण गरी लागु गरियोस् ।
    १२. युवाहरूको पलायनलाई रोक्नको लागि भू– उपयोग नीति बनाई युवाहरूलाई रोजगार दिने र उत्पादनमा जोड्ने काम गरियोस् ।
    १३. सबै जनप्रतिनिधि तथा कर्मचारीहरू पूर्णरूपमा विकास निर्माणमा नियमित परिचालन हुने गरी योजना निर्माण गरी लागु गरियोस् ।
    १४. गौमुखी गाउँपालिकाले सरोकारवाला पक्ष सबैको उपस्थितिमा नियमअनुसार नियमित सार्बजनिक सुनुवाई गरी सार्बजनिक सुनुवाईमा उठेका विषयवस्तुको कार्यान्वयन गरियोस् ।
    १५. वार्षिक खरिद योजना निर्माण गरी गाउँसभा र गाउँकार्यपालिकाले स्वीकृत गरेर मात्रै योजना कार्यान्वयन र कार्यालय प्रयोजनका सामग्री खरिद गर्ने कार्य गरियोस् ।
    १६. गाउँपालिकाले निर्माण कार्य, विभिन्न सामग्री खरिद कार्य, परामर्श सेवा सञ्चालन तथा अन्य कार्य गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीको अधिनमा रही सबैले देख्ने गरी नियमानुसार सार्वजनिक सूचना जारी गरी अगाडि बढाइयोस् ।

    पार्टी समितिको ध्यानाकर्षण पत्रलाई सहर्ष रुपमा स्विकार गर्दै प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेलले नागरिक अधिकार प्रत्यायोजन र पालिकाको समग्र  विकासका लागी आएका मागहरुलाई सम्बोधन गर्ने बताउनुभएको छ।

    सोमबार, चैत ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.