प्युठान,७ चैत(जनखोजी)ः सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा ईन्टरनेट सेवा पु¥याउने अभियानमा रहेको बताउनुभयो । प्युठानको झिमरुक गाउँपालिकामा बुधबार देखि सञ्चालनमा आउन थालेको नेपाल टेलिकमको फाइवर नेट (एफटिएचएच) सेवा उद्घाटन् गर्दै सो कुरा बताउनु भएको हो ।
मन्त्री शर्माले भर्चुअल रुपमा नेपाल टेलिकमको एफटिएचएच सेवाको उद्घाटन् गर्नु भयो । उद्घाटनलाई सम्बोधन गर्दै सबै जिल्ला र पालिकाहरुमा उच्च प्रविधिको इन्टरनेट सेवा पु¥याउने निती अनुसार काम भइरहेको दावी गर्नुभयो । उहाँले गुणस्तरीय सेवाका निम्ति नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशन समेत दिनुभयो ।
मन्त्री शर्माका अनुसार यस आर्थिक वर्षमा हुम्ला बाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटिएचएच सेवा पुग्ने छ । शर्माले भन्नुभयो,‘सरकारले पालिका हुँदै वडासम्म पु¥याउन सके जनताले सहज ईन्टरनेट र टेलिकमको आम्दानी बृद्धि हुनेछ, यसलाई सबै स्थानीय तहसंग समन्वय गरेर योजना निर्माण गरी काम भइरहेको छ ।’ उहाँले नेपाल टेलिकम सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । नेपाल सरकारले १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाएकोमा टेलिकम सहयोगी भूमिकामा रहनु पर्ने उहाँको तर्क छ ।
७ गाउँपालिका र २ नगरपालिका गरी ९ स्थानीय तह रहेको प्युठानका ४ स्थानीय तहमा नेपाल टेलिकमको एफटिएचएच सेवा पुगेको छ । प्यूठान र स्वर्गद्वारी नगरपालिका, मल्लरानी र माण्डवि गाउँपालिका रहेका छन् भने बुधबार देखि झिमरुक गाउँपालिका समेत सेवा पुगेको नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो । उहाँका अनुसार ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकामा सेवा प्रवाहको सर्भे भइसकेको र गौमुखीमा सर्भेको तयारी गरिएको छ । हाल नेपाल टेलिकमले ४ हजार ६०८ जनालाई सेवा दिन पुग्ने फाईबर नेट उपलब्ध छ । त्यो मध्ये १ हजार ६१८ जनालाई सेवा प्रबाह गरिएको छ । प्यूठानमा ३७ वटा ४ जी टावर संचालकनमा रहेको नेपाल टेलिकमको तथ्याङ्क छ ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सूचना प्रबिधिको युगमा उच्च स्तरको सेवा सुरु भएको भन्दै खुशी व्यक्त गर्नुभयो । पालिकामा ६ हजार १३० घरधुरी रहेको भन्दै सबैले उक्त सुबिधा लिने गरी आगामी दिनमा सेवा बिस्तार गर्नुपर्नेमा जोड दिनुभयोे । पालिका भित्र रहेका विद्यालय, वडा, संघ संस्थासम्म सेवा पुर्याउनका लागि सहकार्य गर्न पालिका तयार महतराको भनाइ छ ।