प्युठान, २२ चैत(जनखाेजी)ः सरुमारानी गाउँपालिकाले आ.व. २०८०/०८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ । आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिकमा सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिक सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाले प्रत्येक चौमासिकमा गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ । सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिका भित्र रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी, बुद्धिजिबि, ब्यापारी, होटल व्यवसायी लगाएत गाउँबासीहरुको उपस्थिति रहेको थियो । सरुमारानी गाउँपालिकाको आयोजना तथा झुलेनी मिडिया प्रा.लीको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो साथै आ.व. २०८०/०८१ को दोस्रो चौमासिक प्रतिवेदन प्रशासन शाखा प्रमुख श्री लक्ष्मण आचार्यले प्रस्तुत गर्नुभएको थियो भने सहभागीहरुले गाउँपालिकाको समसामयिक गतिविधि, विकास निर्माण, बजार व्यवस्थापन, सेवा प्रबाह लगायत अन्य विषय बस्तुहरुमा जिज्ञासा, प्रश्न तथा सुझाव राख्नु भएको थियो । गा.पा का अध्यक्ष , उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र हेफरका वदेराज पाण्डेले उठेका सवाल तथा जिज्ञासाको जवाफ दिनुभएको थियो ।
Advertisement