प्युठान, २३ चैत्र,स्वर्गद्वारी नगरपालिका वडा नम्बर ८ धन्चौर पोखरडाडाँ नजिक धुर्कुटेटोलमा जिप दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन ।
Advertisement
भिङ्ग्रीदेखी धन्चौर हुँदै तिमीले डरनेटा जाँदै गरेको लु १ ज ३५६१ नम्बरको जिप पल्टिदा ५ जना घाइते भएका वडा नम्बर ६ का वडा सदस्य उदय घर्तीले जानकारी दिनु भयो । घटना स्थलमै पुगेका वडा सदस्य घर्तीको सक्रियतामा घाइतेहरूलाई प्यूठान जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।
घाइतेहरूको कसैको खुट्टा भाचिएको छ भने कसैको टाउको तथा शरीरमा चोट लागेको घर्तीले जानकारी दिनु भयो । ५ जना घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएको उदय घर्तीले जानकारी दिनुभयो । उदय घर्तीको सक्रियतामा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी , स्थानीय बासिन्दा लगाएतले घाइतेहरूको उद्धार गरि बिजुवार पठाइएको हो ।