रिता आचार्य
प्युठान, २६ चैत्र(जनखोजी)ः प्युठानको झिमरुक गाउँपालिकामा इलाका प्रशासन खोल्न माग गरिएको छ ।
आइतबार प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापा क्षेत्री र झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेलाई भेटेर सो मागपत्र बुझाउनु भएको हो । उहाँहरुले मच्मिा इलाका प्रशासन कार्यालय खोल्नु पर्ने, मच्मिा रहेको प्रहरी चौकीलाई इलाका प्रहरी चौकीको रुपमा सशक्त बनाउनु पर्ने माग गर्नुभएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।
भेटमा झिमरुक गाउँपालिकाको मच्छिमा मालपोत ,नापी कार्यालय सहितको इलाका प्रसासन कार्यालय स्थापना गर्ने सन्दर्भमा गृहमन्त्री सँग बृहत छलफल गर्नुभएको छ । छलफल सँगै अध्यक्षले पेस गर्नुभयको माग निवेदन बुझ्दै गृहमन्त्री लामिछानेले मच्छिमा इलाका प्रसासन कार्यालय स्थापना को कार्य अगाडी बढाउने आश्वासन दिनुभएको छ ।