बबिता रिजाल चैत्र २९, प्युठान ।जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था लिमिटेडकाे शाखा कार्यालये बडडाँडा प्युठानले एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विहिवार सरुमारानी गाउँपालिका वडा नं ५ बडडाँडामा शिविर सञ्चालन गरिएको जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था लिमिटेडकाे शाखा कार्यालय बडडाँडा प्युठानका शाखा प्रमुख प्रदिप भण्डारीले जानकारी दिनुभयो ।
कृषकलाई व्यवसाय स्तर उन्नतीका लागि लगानी मात्र नभई व्यवसायको अवस्थालाई सुदृढीकरण गर्न पशु उपचार मार्फत व्यवसाय थप मजबुत बनाउने तथा नागरिकलाई आत्मनिर्भर तर्फ उन्मुख बनाउने उद्देश्यले पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको पनि भण्डारीले बताउनुभयाे ।
शिविरमा ४५ जना सेवाग्राही ले ४९२ पशुको स्वास्थ्य उपचार सेवा लिएका छन् ।
जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था लिमिटेडकाे शाखा कार्यालय बडडाँडाकाे केन्द्र नं १९ कि प्रमुख राधिका सुनारकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सरुमारानी गाउँपालिका वडा नं ५ कि वडा अध्यक्ष लक्ष्मी पल्लि हुनुहुन्थ्यो भने जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था लिमिटेडकाे शाखा कार्यालय बडडाँडा प्युठानका शाखा प्रमुख प्रदिप भण्डारी , अनुगमन प्रमुख खगा भण्डारी , शाखा कर्मचारी उम बहादुर थापा मगर , लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियोे । सहजीकरण उद्यम विकास संयोजक घनश्याम भुसाल ले गर्नु भएको थियो ।