बबिता रिजाल, बैसाख १३ प्युठान । स्वर्गद्धारी नगरपालिका ५ सारी स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ । विहिबार स्वर्गद्वारी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष अध्यक्ष एवम् स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष गिर बहादुर घर्ती मगर द्वारा सारी स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको हो ।
स्वास्थ्य चौकिको भवन निर्माणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय बाट ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ र लुम्बिनी प्रदेश सरकार बाट १० लाख गरि जम्मा ४८ लाख ८६ हजार ९ सय २० रुपैयाँको बजेट विनियोजन गरिएको थियो । जसको टेन्डर भइ अक्रिसा निमार्ण सेवा ले ठेक्का प्राप्त गरप काम सुरु गरेको स्वर्गद्वारी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष गिर बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकिको भवन निमार्ण सँगै नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन सक्ने वातावरण बनाउने अध्यक्ष घर्तिको भनाई छ ।