• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

प्यूठानमा छुवाछूत तथा जातीय भेदभाव विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •   सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
  • केशर सुनार
    प्यूठान,२१ जेठ।प्यूठानमा उन्नाइसौं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा प्यूठानमा मानव अधिकार संरक्षण,छुवाछूत तथा जातीय भेदभाव विरुद्ध एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजना र राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा प्यूठानको सह-आयोजनामा भएको उक्त कार्यक्रम जनता मावि बाग्दुलाको सभाहलमा सम्पन्न भएको हो।

    Advertisement

    सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका प्रमुख पुण्यप्रसाद गौतमको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसीको प्रमुख आतिथ्यता,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको विशेष आतिथ्यता रहेको थियो।त्यस्तै गौमुखी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष तुल्सी सुनार,दलित अधिकारकर्मी तथा प्यूठान क्याम्पस खलंगाका क्याम्पस प्रमुख कल्पना खडका,स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानका प्रतिनिधि बिमला खनाल,झिमरुक बहुमुखी क्याम्पस बाग्दुलाका क्याम्पस प्रमुख नागेशचन्द्र सुवेदी,दलित अधिकारकर्मी,विद्यार्थी लगायत पत्रकारहरुको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले समाजमा विद्यमान कूप्रथाले समाजमा नकारात्मक भूमिका पुर्‍याएको बताए।प्रजिअ अर्यालले मानव अधिकार र छुवाछुत सम्बन्धि कानुनमा भएका हक अधिकारमाथि प्रष्ट पारेका हुन् ।प्रजिअ अर्यालले छुवाछूतमुक्त समाज निर्माणमा सम्पूर्ण निकायहरु लागि गर्नुपर्ने बताए।

    शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला समन्वय प्रमुख धरमबहादुर जिसीले दलित हक अधिकार भित्र दलितहरुनै बिभाजित रहेको बताए।प्रमुख जिसीले जिल्लामा दलितवर्गको हक अधिकारको निम्ति प्रत्येक पालिकामा दलित वर्ग लक्षित नीति तथा कार्यक्रम गरिनुपर्ने जनाएका छन् ।कार्यक्रममा बोल्दै प्रमुख जिसीले प्यूठानका दलित आन्दोलनका धरोहर स्व.सूर्य बिकलाई स्मरण गर्दै समकक्षी हुँदाका अनुभवहरु समेत सुनाए।

    कार्यक्रममा बोल्दै सामाजिक डिभिजन कार्यालय प्यूठानका प्रमुख पुण्यप्रसाद गौतमले मानिस दलित नभई मानसिकता दलित भएको बताएका छन् ।उनले भने, ‘यी यस्ता सामाजिक विषयवस्तु पुराना पुस्तालाई बुझाउन गाह्रो छ तर हामी यस्को विरुद्धमा पछि हट्नु भने हुँदैन।विभिन्न जनचेतनामूलक कार्यक्रमहरु,भेदभाव तथा छुवाछूत अन्त्य सम्बन्धि सामाजिक डिभिजन कार्यालयले भूमिका खेलेको बताए।उनले कार्यक्रम समापन गर्दै यसको अन्त्यको लागि सम्पूर्ण व्यक्तिहरु सबै तह र तप्काबाट लाग्नुपर्ने बताए।

    कार्यक्रममा रविन सुनार,कल्पना खड्का,तुल्सी सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए भने बिमला खनाल लगायत उपस्थित विद्यार्थीहरुले कविता प्रस्तुत गरेका हुन्।राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका संस्थापक अध्यक्ष लोकेन्द्र सुनारले सहजीकरण गरेको उक्त कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालयका प्राविधिक सहायक गोमा अधिकारीले स्वागत मन्तव्यद्वारा स्वागत गरेकि हुन् ।

    सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.