योगेन्द्रमान श्रेष्ठ-कवि
बलरामपुर एउटा शहरको नाम
बलशाहीहरूको आवास
बल देखाउने मेला
उताबाट चर्को गरी हुइया
यताबाट चर्को गरी हुइया
हैल्लै हल्ला चर्को चर्को आवाज
बुंग धुवाँ धुलो
ट्याट्या र टु टु को शहरभरी कोलाहल
बलरामपुर हल्लैहल्लाको शहर
बलरामपुरमा मुखियाहरूको गड्डी बैठक बस्छ
गड्डी बैठकको प्रधानमुंखिया
शहरका गल्ली चौडा गर्ने, गुड्ने होइन
फराकिलो हिड्ने शहर बनाउने भन्छ
ऊ बेला बलरामपुर
देवताहरू रमाउने शहर थियो
तिर्थालु र देवताहरूको खुल्ला साक्षात्कार हुने
शहर र बहालका पुराना खुला सडक र चौडा गल्ली
नयाँ सडक र गल्ली बन्दै गर्दा साघुरा भए
अब नयाँ सडक गुड्ने होइन
हिड्ने खुल्ला गल्ली बनाउनुपर्छ
भनेर प्रधानमुखियाले उर्दी गर्छ
खुल्ला गल्ली बनाउनुपर्छ भन्ने
प्रधानमुखियाको उर्दीले शान्त बनेको
गड्डी बैठकको सभाको शून्यता चिर्दै
गोधुलीबाट भारदारीयाको
एउटा अविराम आवाज आउँछ
तिर्थालु र बटुवा हिड्ने खु्ला गल्ली बनाउनु
सरकार २२ नं लाई अन्याय भयो
२२ नं को सभ्यता
नयाँ सडकका साघुरा हिड्ने गल्ली हो
सरकार बलरामपुरको २२ नम्वर को
नयाँसडक गुड्नेहरूको शहर हो
[काठमाडौं महानगरको कार्यपालिका बैठकको लाइभ भिडियोहरू होर्दा(गड्डी बैठकको छलफल जस्तो लाग्ने, आजकल आमसर्वसाधारणले कसरी बुझेहोलान्(म एउटा गाँउको केटोले यसरी बुझे ।)